टाइगर कप भलिबल : आर्मी र एपिएफ तथा पुलसि र एपिएफ विजयी

पोखरा । ‘तेश्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुल्ला क्लव च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता २०७९’ को तेश्रो दिन विभागिय टोलीको बर्चश्व जारी रहेको छ ।

टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा खेलको तेश्रो दिन मंगलबार सम्पन्न खेलहरुमा विभागिय टोलीहरुको बर्चश्व जारी रहेको छ । तेश्रो दिन जारी खेलमा महिलातर्फको दुवै खेलमा विभागिय टोलीको बर्चश्व रह्यो । एपिएफले होङवान्जी न्यू

डायमण्डलाई ३—० को सोझो सेटमा पराजित गर्दा दोश्रो खेलमा घरेलु टोली गण्डकी त्रिभुवन आर्मी संग सोझो ३—० ले पराजित हुन पुग्यो ।

 

पहिलो खेलमा एपिएफले न्यू डायमण्ड विरुद्ध २५—१५, २५—२० र २५—७ ले जित्यो । उक्त खेलमा एपिएफकी प्लेयर अफ दि म्याच एपिएफकी सरस्वती चौधरी घोषित हुँदा वेष्ट स्पाइकरमा निरुता ठगुन्ना घोषित भइन ।

 

दोश्रो खेलमा नेपाल आर्मीले गण्डकीलाई २५—१०, २५—१६ र २५—१६ ले पाखा लगायो । उक्त खेलमा आर्मीकी सोफिया पुन प्लेयर अफ दि म्याच हुँदा वेष्ट स्पाइकरमा सुनिता खड्का भइन ।

 

महिलातर्फ नेपाल आर्मीको त्रिभुवन क्लव र एपिएफ क्लवले २—२ खेलबाट समान ६—६ अंङक बटुलेको छ भने न्यू डायमण्ड र गण्डकीले कुनै खेल जित्न सकेका छैनन् ।

 

यता आजनै पुरुष तर्फको खेलमा नेपाल पुलिसले सेन्ट जोशेफ वाज स्पोर्टस क्लब श्रीलंकालाई ३—२ को सेटमा पराजित गरेको छ । खेलमा नेपाल पुलिसले पहिलो दुई सेट श्रीलंकालाई सुम्पिए पनि पछिल्ला तिनसेटमा खेलमा फकिंदै महत्वपूर्ण ३ अंक बटुलेको छ । पहिलो र दोश्रो सेट १९—२५ र २३—२५ ले श्रींलकाको पाहुना टोलीलाई सुम्पिएको पुलिसले पछिल्ला तिन २५—२३, २५—१९ र २५—१३ ले आफ्नो पक्षमा पार्न सफल भयो ।

 

त्यस्तै अर्को एक खेलमा आयोजक गण्डकी शसस्त्र प्रहरी संग हार व्यहोरेको छ । खेलमा पहिलो सेट २५—१९ ले आफ्नो पक्षमा पारेको एपिएफले २५—२३ ले दोश्रो सेट जित्दै गण्डकीलाई दबावमा राखे पनि तेश्रो सेट २५—२० ले गण्डकीले आफ्नो पक्षमा पारेको थियो । त्यस्तै चौथो सेटमा २५—१९ ले एपिएफले खेल जित्यो । खेलमा एपिएफका विजय थापा प्लेयर अफ दि म्याच र वेष्ट स्पाइकर टेकराज अवस्थी घोषित भए ।

 

प्रतियोगितामा महिलालतर्फ नेपाली सेनाको त्रिभुवन आर्मी क्लव, गण्डकी प्रदेश, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, र होङ्गवान्जी न्यू डायमण्ड स्पोर्टस क्लब रहेका छन् ।

 

यसै गरी पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी, सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका, नेपाल प्रहरीको नेपाल पुलिस क्लब, शसस्त्र प्रहरीवलको एपिएफ क्लव, गण्डकी प्रदेशको टिमको सहभागिता रहने छ ।

 

गत वर्ष सम्पन्न दोश्रो संस्करणमा महिलातर्फ एपिएफ क्लबले उपाधि हात पारेको थियो भने पुरुषतर्फ गत सस्करणको उपाधि विजेता नेपाल आर्मी रहेको थियो ।

 

आयोजकले गत वर्षको तुलनामा पुरस्कार राशी दोब्बर बनाएकोे छ । महिला—पुरुष दुवैतर्फ उपाधी विजेता टिमहरुलाई रु ५—५ लाख रुपैया नगद, उपविजेता टिमलाई समान नगद रु २ लाख ५० हजार, तेश्रो हुने टिमलाई नगद रु १ लाख २५ हजार र सान्त्वना हुने टिमलाई नगद रु ६५ हजार सहित ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् ।

 

प्रतियोगितामा हरेक दिनको खेलमा उत्कृष्ट खेलाडीलाई नगद ५ हजार र ३ हजार बराबरको स्वास्थ्य परिक्षण कुपन भौचर प्राप्त गर्ने छन् ।

 

त्यस्तै महिला तथा पुरुषतर्फ उत्कृष्ट एक—एक खेलाडीले जनही समान नगद रु २५—२५ हजार प्राप्त गर्नेछन् भने हरेक विद्याका उत्कृष्ट खेलाडीहरु प्रशिक्षकलाई नगद समान नगद १०—१० हजार र ट्रफी सहित सम्मान गर्ने आयोजकले जनाएको छ ।

 

प्रतियोगिता सम्पन्न गर्न करिब ८० लाख रुपैया खर्च हुने आयोजकले जनाएको छ । प्रतियोगिता सफल बनाउन आयोजक सस्था टाइगुर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण शर्माको नेतृत्वमा १ सय १ सदस्यीय मूल आयोजक समिति र उपाध्यक्ष देवेन्द्र केसीको संयोजकत्वमा विभिन्न उपसमिति गठन गरिएको छ ।

 

माघ १४ गते सम्म सञ्चालन हुने प्रतियोगिताको दोश्रो दिन माघ ९ गते महिलातर्फ घरेलु टोली गण्डकी प्रदेशले साविक विजेता एपिएफ क्लवको सामना गर्नेछ । त्यसै गरी पुरुषतर्फ नेपाल आर्मीको त्रिभुवन आर्मी क्लव र विदेशी क्लव सेन्ट जोशेफ वाज स्पोर्टस् क्लब श्रीलंका तथा अन्तिम खेल नेपाल पुलिस र एपिएफ क्लवका विच हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...