गण्डकी प्रदेशका अर्थमन्त्री सुन्दासले गरिन पदभार ग्रहण

पोखरा, माघ ११ गते ।गण्डकी प्रदेशका आथिक मार्मिला(अर्थ) मन्त्री सीतादेवी सुन्दासले पदभार ग्रहण गर्नुभएको छ । गत पुस २५ गते विनाविभागिय मन्त्रीका रुपमा सपथ लिनुभएकी सुन्दासले मंगलबार जिम्मेवारी बाँडफाँटमा अर्थमन्त्रीको जिम्मेवारी पाउनुभएको थियो । मन्त्री सुन्दासले आज विहान मन्त्रायलयमा पुगेर जिम्मेवारी सम्हाल्नुभएको हो । पदभार ग्रहण कार्यक्रमपछि बोल्दै उहाँले आर्थिक कार्यविधि ऐन नियमको अक्षरस पालना गरी प्रदेश सरकारको वित्तीय अनुशासन कायम राख्दै वित्तीय वित्तीय संघीयतालाई सवल र प्रभावकारी तुल्याउने बताउनुभयो ।

प्रदेशको आन्तरिक स्रोत बृद्धि गरी सवल र आत्मनिर्भर अर्थतन्त्रको विकास गरिने, स्थानीय तहबाट संकलन हुने संविधान बमोजिमका साझा क्षेत्र भित्रका कर र शुल्क –नदीजन्य, खानीजन्य, माटोजन्य पदार्थको उत्खनन् तथा विक्री) बाट प्राप्त हुने राजस्व बृद्धि गर्ने, प्राप्त हुन नसकेका राजश्व स्रोतलाई प्रदेश सञ्चित कोषमा दाखिला गर्ने व्यवस्था मिलाईने मन्त्री सु्न्दासले बताउनुभयो । चालु प्रकृतिका प्रशासनिक खर्चलाई मितब्ययी बनाउन जोड दिने बताउदै उहाँले भन्नुभयो, “पुँजीगत खर्च बृद्धि गर्न तर्फ प्रभावकारी रुपमा समन्वय तथा सहजीकरण गरिने छ ।” उहाँले आयोजनाहरुको नियमित अनुगमन गरी पृष्ठपोषण लिने नियमित फलोअप गर्ने प्रणालीको विकास गर्ने तर्फ जोड दिने बताउनुभयो ।

 

मन्त्री सुन्दासले राजश्व संकलन तथा सेवा प्रवाहलाई अनलाईन प्रणाली सञ्चालन हुने व्यवस्था मिलाइने तथा भुमिको समुचित व्यवस्थापन तथा भुमि स्रोतको प्रभावकारी नक्सांकनमा जोड दिइने बताउनुभयो । उहाँले प्रदेशभित्रका सहकारीहरुलाई प्रभावकारी रुपमा नियमन गर्ने बताउनुभएको छ । उहाँले आफनो कार्यकालमा गरिवी न्युनियकरणका लागि प्रभावकारी रुपमा कार्यक्रम सञ्चालन गर्ने समेत बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...