पत्रकार घिमिरेमाथि गरिएको दुव्र्यवहारप्रति पत्रकार महासंघ कास्कीद्धारा निन्दा

पोखरा, माघ ११ गते ।नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य तथा फेवा टेलिभिजनका समाचार प्रमुख प्रल्हादचन्द्र घिमिरेमाथि समाचार संकलनका क्रममा भएको दुव्र्यवहारप्रति नेपाल पत्रकार महासंघ कास्कीले ध्यानाकर्षण भएको जनाएको छ ।


स्याङ्जाको आँधीखोला गाउँपालिका ४ बाङसिङ दहमा खानेपानी आयोजनाको बारेमा समाचार संकलनका लागि पुग्नुभएका घिमिरेलाई स्थानीयले गरेको दुव्र्यवहारको पत्रकार महासंघ कास्की निन्दा र भत्र्सना गर्दछ महासंघ कास्कीका सचिव माधब बरालद्धारा जारी विज्ञप्तिमा भनिएको छ । आफू पत्रकार भएको जानकारी गराएर परिचयपत्र देखाउँदा पनि जथाभावी अपशब्द बोलेर भौतिक आक्रमण गर्न खोज्नु प्रेस स्वतन्त्रता माथिकै प्रहार भएको पत्रकार महासंघ कास्कीले ठहर गरेको छ ।

केही विषयमा चित्त नबुझे वार्ता र सम्वादबाट समाधान गर्ने र कानुनी उपचारको बाटो हुँदाहुँदै घिमिरेलाई गरिएको दुव्र्यवहारको बारेमा सत्यतथ्य छानबिन गरी दोषीलाई कानुन अनुसार कारबाही गर्न पत्रकार महासंघ कास्कीले माग गरेको छ । आगामी दिनमा पत्रकारलाई निर्वाद रुपमा समाचार संकलन, प्रसारण र प्रकाशनको वातावरण मिलाउन सम्बन्धित पक्षलाई नेपाल पत्रकार महासंघ कास्कीले ध्यानाकर्षण गराएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...