महिलाहरु आर्थिक रुपमा सवल र सक्षम हुनुपर्छ : उपप्रमुख गुरुङ

पोखरा, माघ १६ गते । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले महानगरपालिकाको समग्र विकास हुनुपर्नेमा जोड दिनुभएको छ । पोखरा महानगरपालिका वडा नम्वर १५ ले सोमबार आयोजना गरेको महिलाको सशक्तिकरण एवं क्षमता अभिबृद्धि कार्यक्रमको उद्घाटन गदै महानगरभित्र भौतिक पूर्वाधारसंगै मानवीय र सामाजिक विकास हुनुपर्नेमा जोड दिनुभयो । “सडक, पुल, भवन निर्माण मात्रै हैन महिला, ज्येष्ठ नागरिक, बालबालिका लगायत सामाजिक क्षेत्रको विकास पनि अनिवार्य छ ।”

उपप्रमुख गुरुङले महिलाहरु राजनीतिक, सामाजिक, व्यवसायीक लगायत सबै क्षेत्रमा स्थापित हुनुपर्ने बताउनुभयो । नेपालमा भएका अधिकार प्राप्तिका आन्दोलनमा महिलाहरुको भुमिका महत्वपूर्ण रहेको बताउदै उहाँले तीनै आन्दोलनबाट संविधानमा महिलाका धेरै अधिकार लेखिएको बताउनुभयो । संविधानमा धेरै अधिकारहरु लेखिएका छन् उहाँले भन्नुभयो,“संविधानमा के के अधिकारहरु लेखिएका छन भन्ने विषयमा जानकारी पाउनुपर्छ ।आफना अधिकारका विषयमा जानकारी भएपछि मात्रै राजनीतिक र सामाजिक रुपमा स्थापित हुन सहज हुन्छ ।”

महिलाहरु सामाजिक, राजनीतिक, व्यवसायीक शैक्षिक रुपमा स्थापित गराउने कुरा भाषण र नाराले मात्रै नहुने बताउदै कार्ययोजना, प्रशिक्षण र क्षमता अभिबृद्धि हुनुपर्नेमा उहाँले जोड दिनुभयो । उपप्रमुख गुरुङले महिलाहरु सबल र सक्षम हुन आर्थिक रुपमा बलियो हुनुपर्ने र त्यसका लागि आर्यआर्जनसंग जोडिनुपर्ने बताउनुभयो । महिलाहरुलाई आर्थिक रुपमा सवल र सक्षम बताउन महानगरले उपप्रमुसंग महिला कार्यक्रम सञ्चालन गरिरहेको बताउनुभयो । आर्थिक अभावमा केही गर्छु भन्ने महिलाहरुका लागि सस्तो ब्याजमा कर्जा उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरेको बताउनुभयो । उहाँले महिला हिंसा न्यूनिकरण गर्न महिला पुरुष समसचेतना कार्यक्रम र महिला सहायता कक्ष सञ्चालन गरिरहेको बताउनुभयो ।

 

काय्र्रक्रममा पोखरा १५ का वडाअध्यक्ष तोरणबहादुर बानियाँले पूर्वाधार विकाससंगै मानवीय विकास हुनुपर्नेमा जोड दिदै महिला उद्यम योजना आवश्यक रहेको बताउनुभयो । तीनदिन सम्म सञ्चालन हुने तालिमको उद्घाटन कार्यक्रम वडा नम्वर १५ का सदस्य एवं महानगर कार्यपालिका सदस्य मन्दिरा गौतमको अध्यक्षतामा भएको थियो । तालिममा पत्रकार एंव सामाजिक अभियान्ता सुष्मा पौडेल र हसिना बस्नेतले सहजिकरण गर्ने बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...