चार भञ्ज्याङको विकासमा हामी साथै छौंः मुख्यमन्त्री अधिकारी

पोखरा, माघ १७ गते । पर्वत जिल्लाको चार भञ्ज्याङ क्षेत्रको विकासका लागि गण्डकी प्रदेश सरकार साथैमा रहेको गण्डकी प्रदेशका मुख्य मन्त्री खगराज अधिकारीले बताउनुभएको छ।


चार भञ्ज्याङ तमु समाज अन्र्तराष्ट्रिय समन्वय समितिके दोस्रो साधारणसभा, बधाई एवम् सम्मान कार्यक्रम प्रमुख अतिथि मुख्यमन्त्री अधिकारीले कार्यक्रमको उद्घाटन गर्नुहुदै विगत ४० वर्ष अगाडि चार भञ्ज्याङका गाँउहरुमा राजनीतिक भुमिगत जीवन बिताएको चर्चा गर्नु हुदै चार भञ्ज्याङको विकासका लागि साथै रहेको बताउनुभएको हो।

 


पोखरा ९ नयाँबजारस्थित चारभञ्ज्याङ तमु समाज पोखराको भवनमा नवनिर्मित चारभञ्ज्याङ तमु समाज अन्र्तराष्ट्रिय समितिको कार्यालयको उद्घाटन समेत गर्नुभएका मुख्यमन्त्री अधिकारीले चार भञ्ज्याङसँग राजनीतिक जीवन जोडिएकाले आफ्नो जन्मस्थान बेगनास जत्तिकै चार भञ्ज्याङको गाँउहरुसँग सम्बन्ध रहेको उहाँको भनाई थियो।

 


मुख्यमन्त्री अधिकारीले विगतदेखि माया र संरक्षणका लागि धन्यवाद दिनुहुदै अहिले सम्मान भन्दा पनि थप माया र साथको जरुरी छ, अहिले थोरै बोल्ने र धेरै काम गर्ने बेला भएको बताउनुभयो।

 


मुख्यमन्त्री अधिकारीले चारभञ्ज्याङको डाडाकाँडा, हावापानी, मिठो खानासँग आफु परिचित रहेको भन्दा आजको दिनदेखि चार भञ्ज्याङ तमु समाजको मानार्थ सदस्य भएको घोषणा समेत गर्नुभयो।

 


कार्यक्रममा विशेष अतिथि, चारभञ्ज्याङकै पहिलो गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङ, चारभञ्ज्याङकै व्यक्तित्व तमु धिं युकेका नवनिर्वाचित अध्यक्ष हरि गुरुङ, चारभञ्ज्याङलाई अति नै सहयोग गरिरहनुभएका मेजर ह्यु बार्डेल एबीई, चारभञ्ज्याङ युकेका अध्यक्ष बेनकुमार गुरुङ, हङकङका अध्यक्ष अध्यक्ष ताराप्रसाद गुरुङ, काठमाडौंका अध्यक्ष क्या.धनबहादुर गुरुङ, पोखराका अध्यक्ष गणेशबहादुर गुरुङ, बुटवलका अध्यक्ष झपटबहादुर गुरुङ, चारभञ्ज्याङ क्षेत्र विकास आयोजनाका निर्देशक क्या.देउबहादुर गुरुङ, चारभञ्ज्याङ आइसिसिका प्रमुख सल्लाहकार क्या.चन्द्रबहादुर गुरुङ लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।

 


चारभञ्ज्याङ आइसिसिको मुखपत्र चारभञ्ज्याङ सन्देसको समेत विमोचन गरिएको कार्यक्रममा मुख्यमन्त्री खगराज अधिकारी, गण्डकी प्रदेश सभा सदस्य रेखा गुरुङ, तमु धिं युकेका अध्यक्ष हरि गुरुङ, आमासमुह अध्यक्ष सन्ध्या गुरुङ, तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङलाई बधाई ज्ञापन गरिएको थियो ।

 

यसरी नै चारभञ्ज्याङको विशिष्ट व्यक्तित्वहरु स्व.नारायण कोन्मे, स्व.गणेशबहादुर गुरुङ, स्व.शेरबहादुर गुरुङ, स्व.क्या.धर्मलाल गुरुङ, पुरन ध्वज गुरुङ, कुलबहादुर गुरुङ, जितबहादुर गुरुङ, क्या.देउबहादुर गुरुङ, माओत्सेतुङ गुरुङलाई सम्मान गरिएको थियो भने चार भञ्ज्याङका अध्यक्षहरुलाई बधाई ज्ञापन गरिएको थियो।

 


कार्यक्रममा आइसिसि अध्यक्ष ले.चन्द्रबहादुर गुरुङले चारभञ्ज्याङ तमु समाज अन्र्तराष्ट्रिय समन्वय समिति, यसको संगठनात्मक अवस्था, गरिरहेको गतिविधी र भावी योजनाबारे प्रस्तुति गर्नुभएको थियो।

 


साधारणसभामा कोषाध्यक्ष सु.बीरप्रसाद गुरुङ, महासचिव डिवी गुरुङ, क्षेत्रविकास आयोजनाका निर्देशक क्या.देउबहादुर गुरुङ, उपाध्यक्ष हुमबहादुर गुरुङले प्रस्तुत गर्नुभएको प्रतिवेदनहरु पारित गरिएको थियो।

 


कार्यक्रममा कलाकारहरु प्रयुसी गुरुङ र अनुस्का गुरुङले साँस्कृतिक प्रस्तुति गरेका थिए।चार भञ्ज्याङ तमु समाज अन्र्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष ले.चन्द्रबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष हुमबहादुर गुरुङ र संचालन महासचिव डिवी गुरुङले गर्नुभएको थियो।

 


यसै बिच पर्वत चारभञ्ज्याङ सेवा केन्द्रले पोखरामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।
कार्यक्रममा केन्द्रका सचिव डिल विकले सेवा केन्द्रको स्थापना, स्थापनाका लागि योगदान, केन्द्रले पुर्याउदै आएको सेवाका बारेमा प्रस्तुति गर्नुभएको थियो भने सेवा केन्द्र(टेलिमेडिसिन)का मेडिकल इञ्चार्ज प्रार्थना पुनले केन्द्रको समस्याका बारेमा जानकारी गराउनुभएको थियो। उदाहरणीय एवम नमना टेलिमेडिसिनका लागि ल्याव, औषधि, सौचालय, रजिष्टर्डको समस्या रहेको बताउनुभयो।

 


फलेवास नगरपालिकाका प्रमुख गंगाधर  तिवारीले पाँच वर्षसम्म काजमै भने पनि एक जना स्वास्थ्यकर्मी उपलब्ध गराउने, शौचालय निर्माण गर्ने र आवाश्यक औषधि मध्ये जे जति उपलब्ध गर्न सकिन्छ नगरपालिका कार्यालय तयार रहेको बताउनुभयो।

 

 

कार्यक्रममा उपमेयर शोभा क्षेत्री, स्वास्थ्य प्रमुख, फलेवास नपा ९ का वडाध्यक्ष, चारभञ्ज्याङका अग्रजहरु र पत्रकारहरु उपस्थिती रहेको थियो। कार्यक्रमका सहभागीहरुले राज्यले दिनुपर्ने सेवा टेलिमेडिसिनले दिइरहेकाले नगरपालिकाले सक्दो सहयोग गर्नुपर्ने भनाई राखेका थिए।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...