सडकमा सवारी पार्किङ निषेधप्रति पोउवा संघको ध्यानाकर्षण

पाेखरा, माघ २२ गते।पोखरा महानगरपालिकाबाट २०७९ साल माघ २३ गतेदेखि पोखराको मुख्य व्यापारिक क्षेत्र (पृथ्वीचोक–सभागृहचोक–न्यूरोड–चिप्लेढुंगा–महेन्द्रपुल–नयाँबजार) का सडकमा सवारी पार्किङ निषेधको निर्णयप्रति पोखरा उद्योग वाणिज्य संघको गम्भीर ध्यानाकर्षण भएको छ ।

पोखरा उद्योग वाणिज्य संघले स्थापनाकालदेखि नै व्यवस्थित,सुरक्षित र सभ्य पोखरा निर्माण अभियानलाई सघाउँदै आएको छ । संघले यहाँका सडकमा हुने अवैधानिक व्यवसायलाई व्यवस्थित बनाउन एवं फुटपाथ पैदलयात्रीले नै उपयोग गर्न पाउनुपर्छ भन्ने अभियानको नेतृत्व लिएको पनि सवैलाई विदितै छ ।

 

यसर्थ,पोखराको अव्यस्थित ट्राफिक समस्याको व्यवस्थापन हाम्रो चासो र सरोकार हो । संघ, महानगरबाट असल नियतले अगाडि सारिएको यो अभियानको सह्राना गर्छ तर, यस्तो गम्भीर र दीर्घकालीन महत्वको निर्णय लिँदा सरोकारवाला÷सहयात्री पोखरा उद्योग वाणिज्य संघसहित सो क्षेत्रका आम नागरिकसँग कुनै परामर्श नगरिनुले हामीलाई दुखित तुल्याएको छ । हतारमा एकतर्फी रुपले गरिएको यो निर्णयसँगै व्यवस्थापन गरिएको भनिएका घोषित पार्किङ स्थलले अहिलेको सवारी चाप धान्न सक्छ ? के हतारमा निषेधित क्षेत्र घोषणाअघि विकल्पबारे सोच्न सकिँदैनथ्यो ? के अहिले गरिएको निर्णयमा अभ्यस्त हुन व्यवसायी र सर्वसाधारणलाई पर्याप्त समय प्रदान गरिएको छ ? भन्नेलगायतका प्रश्नहरुले गम्भीर रुपले अगाडि आएका छन् ।

 

व्यावसायिक क्षेत्र निर्माणको लामो इतिहास हुन्छ । कुनै बजार रातारात बन्दैन र व्यवसाय बिस्थापन हुँदाको क्षति र दुष्परिणामहरु दीर्घकालीन हुन्छन् । अहिले महानगरले सवारी निषेधित क्षेत्र घोषणा गरेका क्षेत्रहरु पनि लामो प्रक्रियाबाट व्यापरिक केन्द्र बनेका हु्न् । आफूले गरेको लगानीको सुरक्षा र प्रतिफल व्यवसायीको अधिकार हो ।

 

महानगरको सवारी निषेधको निर्णयसँगै सो क्षेत्रका व्यवसायीहरुमा विस्थापन र लगानी डुब्ने चिन्ता थपिएको छ । महानगरले यो चिन्ताको संवोधन गरोस् भन्ने हाम्रो पहिलो माग रहेको छ । यसका अलावा,सवारी पार्किङको लागि पर्याप्त र सुरक्षित स्थलक व्यवस्थापन,सहुलियतपूर्ण शुल्क निर्धारण, निषेधको निर्णयसँगै सहरका अन्य क्षेत्रमा पर्नसक्ने सम्भावित पार्किङ भार र निम्त्याउन सक्ने समस्याको संवोधन,सार्वजनिक यातायातको सुधार र सुनिश्चितता एवं निजी क्षेत्रसँग समझदारीपूर्ण साझेदारीमा पनि हाम्रो चासोको विषय हो ।

 

पार्किङ समस्याको दीर्घकालीन समाधान खोजिनुपर्छ र हाम्रा सरकारबाट गरिने निर्णयबाट उपभोक्ता तथा व्यवसायीहरु प्रताडित बन्नु हुँदैन भन्नेमा पोखरा उद्योग वाणिज्य संघ स्पष्ट छ । कोभिड–१९ को महामारी, बैंक तथा वित्तीय संस्थाको चर्को ब्याजदरबाट थला परेका व्यवसायीहरुलाई यो निर्णयले आहत पु¥याउँछ भन्नेतर्फ ध्यान नदिएको पनि हामीलाई महशुस भएको छ ।

 

अत ः पोखरा उद्योग वाणिज्य संघ ट्राफिक व्यवस्थापनको नाममा ज्यादति नहोस् भन्नेमा विशेष ध्यान दिन,सवैको सहमति खोज्नको लागि यो निर्णयमा पुनर्विचार गर्न एवं सरोकारवाला निकायहरुसँग संवाद र सहमति कायम गरी नयाँ व्यवस्थाको खोेजी गर्न पोखरा महानगरपालिकासँग हार्दिक अपिल गर्दछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...