‘हल्कारा’ वैशाख २९ मा रिलिज हुने

काठमाण्डौ /अमेरिकाका विभिन्न फेस्टिभलमा पुरस्कृत भएको ‘हल्कारा’ वैशाख २९ गते रिलिज हुने भएको छ । अमेरिकामा नै बसोबास गर्दै आइरहेका विक्रम सापकोटाको लेखन तथा निर्देशन रहेको फिल्ममा महेश त्रिपाठी र विनिता थापामगरको मुख्य भूमिका छ ।

फिल्मले गाउँमा चिठ्ठी र्पुयाउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरेको निर्देशक सापकोटाले बताए । फिल्ममा महेश त्रिपाठीले रामको रुपमा हुलाकीको चरित्र निर्वाह गरेका छन््  भने विनिता थापा मगर मियाको भूमिकामा छिन् ।

 

‘हल्कारा’ अमेरिकाको वल्र्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिभल उत्कृष्ट फिल्म घोषित भएको थियो भने यसका मुख्य अभिनेता महेशले उत्कृष्ट अभिनेताको अवार्ड जितेका थिए । यस्तै फिल्म नेपाल अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको थियो भने बाँकी अन्य फेस्टिभलमा पनि छनोट भएको थियो ।

 

फिल्ममा उमेश तामाङ, पशुपति राई, दीपक क्षेत्री, विद्या कार्की लगायतको पनि अभिनय छ । फिल्मलाई विक्रमसँगै विप्लप प्रतीक र आकाश बरालले मिलेर लेखेका हुन् ।  चिन्तन राजभण्डारीको छायांकन रहेको फिल्मलाई कालीपार स्टुडियो र आइसफल प्रडक्सन मिलेर निर्माण गरेका हुन् । फिल्मको सम्पादन पनि विक्रम स्वयंको हो । फिल्मलाई काठमाडौंमा करण श्रेष्ठ र जीजीए ग्रुरुपले वितरण गर्नेछन् ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...