पोखरामा कास्की कप ह्याण्डबल प्रतियोगिता सुरु

पोखरा, माघ २९ /पोखरामा नवौं कास्की कप ह्याण्डबल प्रतियोगिता सुरु भएको छ । नवौं कास्की तथा छैटौं एकता कप बिद्यालय स्तरीय छात्र÷छात्रा ह्याण्डबल प्रतियोगिता आइतबार देखि पोखरा रंगशालाको कभर्ड हल र ह्याण्डबल ट्रेनिङ सेन्टरमा संचालन भएको हो ।आइतबार छात्र तर्फ ७ र छात्रा तर्फ लिग चरणका ४ खेल सम्पन्न भएको संघका सचिव टेक बहादुर गुरुङले बताए ।

छात्र तर्फको पहिलो खेलमा पोखरा एकेडेमीको ए समुहले राइजिङ स्टारलाई ३ का बिरुद्ध फराकिलो १२ गोलको अन्तरले पराजित गर्यो । अर्को खेलमा ज्ञान ज्योति बिद्या कुन्जले पोखरा लर्नस एकेडेमीलाई १ को बिरुद्ध १३ गोल बर्षायो । गण्डकी बोर्डिङले अर्को खेलमा अलफा बोर्डिङलाई १५—४ को गोल अन्तरले पराजित गर्दा अर्को खेलमा सरस्वती बिद्या सदनले रेन्बो एकेडेमीलाई ११—५ को गोल अन्तरले पराजित गर्यो ।

पोखरा एकेडेमी बी समुहले इरेन एकेडेमीलाई ६—४ को गोल अन्तरले पराजित गर्दा पोखरा एकेडेमी एले पोखरा लर्नर एकेडेमीलाई १४—२ को फराकिलो जित दर्ता गर्यो । ज्ञान ज्योति बिद्या कुन्जले राइजीङ स्टारलाई १२—४ को गोल अन्तरले पराजित गर्यो ।त्यसै गरी आइतबार छात्रा तर्फ पोखरा एकेडेमी, गण्डकी बोर्डिङ, सृजना मावि र सरस्वती बिद्या आश्रमले लिग चरणको खेलमा जित हासिल गरेका छन्। पोखरा एकेडेमीले इरेन एकेडेमीलाई ५—१, गण्डकी बोर्डिङले अर्को खेलमा सरस्वती वोर्डिङलाई ११—०, सृजना माविले ज्ञान ज्योति बिद्या कुन्जलाई ४—३ को गोल अन्तरले पराजित गर्यो भने सरस्वती बिद्या आश्रमले पोखरा लर्नस एकेडेमीलाई ६—५ को गोल अन्तरले पराजित गरेको छ ।

फागुन ३ गतेसम्म संचालन हुने उक्त प्रतियोगिताको एक समारोहका बिच गण्डकी प्रदेशका प्रदेश सभा सदस्य प्रकाश बरालले रेफ्रिलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । कार्यक्रममा बोल्दै सांसद बरालले पोखराको खेलकुदको विकासमा यस्ता बिद्यालयस्तरका प्रतियोगिताहरु आवश्यक भएको बताए । संघ कास्कीका अध्यक्ष चित्र थापाको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन सत्रमा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानिया, समाजसेवी (डब्लुओएन) जित बहादुर गुरुङ, सदस्य पदम नेपाली लगायतले वोलेका थिए ।

प्रतियोगिता अन्र्तगत छात्र तर्फ १३ र छात्रा तर्फ भने ८ टिमको सहभागिता रहेको आयोजक कास्की जिल्ला ह्याण्डबल संघले जनाएको छ । प्रतियोगिता अन्र्तगत साविक विजेता छात्र तर्फ माउन्ट अन्नपूर्ण स्कुल हो भने छात्रा तर्फ गण्डकी बोर्डिङ स्कुल हो ।प्रतियोगितामा छात्र तथा छात्रा तर्फका विजेताले जनही १० हजार, उपबिजेताले ५ र तेश्रो हुनेले ३ हजार साथमा ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गर्ने भएको संघ कास्कीका अध्यक्ष चित्र थापाले बताए ।

प्रतियोगितामा उत्कृष्ट हुने खेलाडी सर्वाधिक गोलकर्तालाई नगद सहित सम्मान गरिने भएको छ ।“स्वस्थ्यको लागि खेलकुद राष्ट्रको लागि खेलकुद” भन्ने नाराका साथ आयोजना हुने उक्त खेलले बिद्यालयस्तरबाटै ह्याण्डबल खेलको विकास गर्न थप मद्धत पुग्ने अध्यक्ष थापाले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...