पूर्वराजा राष्ट्रपति बन्ने सम्भावना छैन :माओवादी महासचिव गुरुङ

पाेखरा,फागुन ७ गते ।नेकपा माओवादी केन्द्रका महासचिव देब प्रसाद तमुले राजालाई राष्ट्रपति बनाउने सम्भावना नरहेकाे बताएका छन । पूर्वराजा ज्ञानेन्द्रले प्रजतान्त्र दिवसकाे शुभकामना सार्वजनिक गर्दै देश बचाउन राजनीति दल र राजसंस्था मिलेर जानुपर्ने आग्रह गरेका थिए ।

प्रेेस सेन्टर कास्कीले आज पाेखरामा आयाेजना गरेकाे पत्रकार सम्मेलनमा बाेल्दै राजा राष्ट्रपतिका रुपमा आउने सम्भावना नरहेकाे बताए ।उनले राजाकाे बक्तब्यमा संविधान, गणतन्त्रलाई स्विकार गरेकाे नदेखिएको बताए ।

 

उनले पूर्वराजाकाे बक्तब्यकाे अर्थ नभएकाे बताउदै राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताए ।राजनीतिक पृष्ठभूमि भन्दा बाहिरकाे परिकल्पना गरेकाे छैन उनले भने, राजनीति दलसंग निकट ब्यत्ति ल्याउदा ठुलाे बिकृति, बिसंगति भए । त्यसैले संविधान, गणतन्त्रलाई आत्मसात गर्ने साझा ब्यत्ति ल्याउनुुुपर्नेमा माओवादीले जाेड दिएकाे बताए ।

 

उनले राष्ट्रपति राजनीतिक पद नभएर संबैधानिक भएकाले साझा ब्यत्ति हुनुपर्छ भन्ने मान्यता अनुसार राष्ट्रिय सहमतिकाे लागि माओवादीले नेतृत्व गरेकाे बताए

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...