दशनामी समाज कास्की जिल्ला र गण्डकी प्रदेशकाे अधिवेशन सुरु

पाेखरा, फागुन ९ गते।नेपाल दशनामी युवा समिति  कास्की जिल्ला  र  गण्डकी प्रदेश समितिकाे दाेश्राे अधिवेशन पाेखरामा सुरु भएकाे छ ।

अधिवेशनकाे उद्घाटन नेपाल दशनामी समाजका केन्द्रीय उपाध्यक्ष तारा गिरीले गरे ।  दशनामी समाजका केन्द्रीय उपाध्यक्ष  गिरीले केन्द्रीय समितिले सबैलाई एकढिक्का बनाएर लैजाने गरि अगाडि बढेकाे बताए ।उनले सामाजिक काममा सबै मिलेर जादा सहज हुने बताए ।गरिवदेखि धनी सबैले दशनामीकाे संस्थाका रुपमा स्थापित गर्नुपर्ने गिरीले बताए । राम्रो काम गराै, दशनामी बन्धुले अपनत्व गर्नसक्ने गरि अगाडि बढाै उनले भने ।

 

दशनामी समाजका केन्द्रीय उपाध्यक्ष शारदा गिरी केन्द्रकाे दबाबमा परेकाे र राजनीतिकरण भएकाे बताउदै सबै मिलेर  अगाडि बढनु पर्नेमा जाेड दिइन ।

 

दशनामी समाज कास्कीका अध्यक्ष हिरा गिरीले दशनामीहरुकाे हक, अधिकारका लागि संगठित भएर लाग्ने  बताइन ।  उनले दशनामी बन्धुहरुले अपनत्व गर्ने गरि समाजले काम गर्ने बताइन ।

 

युवा समिति केन्द्रीय उपाध्यक्ष अर्जुन गिरी, दशनामी समाज कास्कीका  पूर्व अध्यक्ष जगतमाेहन गिरी, सरस्वती पुरी लगातले बाेलेका थिए । उद्घाटन कार्यक्रम दशनामी समाज गण्डकी प्रदेशका अध्यक्ष  मनाेज गिरीकाे अध्यक्षतामा भएकाे थियाे भने सञ्चालन समाज कास्कीका अध्यक्ष प्रेेम गिरीले गरेका थिए ।

 

अधिवेशनले कास्की र गण्डकी प्रदेशकाे नयाँ कार्यसमिति चयन गर्नेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...