मौलिक बाजा संरक्षणका लागि तालिम : उपप्रमुख गुरुङ

पोखरा, फागुन ११ गते । पोखरा महानगरपालिका उपप्रमुख मञ्जुदेवी गुरुङले स्थानीय मौलिक बाजाहरुको संरक्षण लागि प्रयास गरिरहेको बताउनुभएको छ । पोखरा महानगरका वडाहरुले स्थानिय बाजा बजाउने तालिहरु सञ्चालन गरेर संरक्षणको प्रयास गरिरहेको बताउनुभयो ।

पोखरा महानगरपालिका वडा नम्बर ५ ले आयोजना गरेको १५ दिने मादल बजाउने तालिमको समापन कार्यक्रममा बोल्दै उहाँले स्थानिय बाजाहरुको संरक्षणका लागि यस्ता तालिमहरुले भुमिका खेलेको बताउनुभयो । “स्थानीय बाजा लोप हुदै गएका बेला यस्ता तालिमहरुले संरक्षणमा भुमिका खेलेका छन ।”

उहाँले घर टोलमा हुने विवाह, व्रतबन्धन लगायतका धार्मिक कार्यहरुमा मौलिक र स्थानिय बाजाहरुको प्रयोग हुने गरेको भएपनि पछिल्लो समय लोप हुदै गएको प्रति चिन्ता ब्यक्त गदै भन्नुभयो, बजाउने मान्छेहरु समेत नपाउने अवस्था सृजना भएको छ । यस्ता तालिमले स्थानिय ब्यक्तिहरुले अभावलाई सहज हुने विश्वास ब्यक्त गर्नुभयो । उहाँले तालिमबाट प्राप्त सिपलाई समाजमा उपयोग गरेर आयआर्जनसंग पनि जोडन सकिने उल्लेख गर्नुभयो ।

 

कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य हरिमाया विश्वकर्मा, वडा सदस्य कल्पना भुवाजी क्षेत्री, प्रशिक्षार्थीको तर्फबाट कल्पना लामिछाने, प्रशिक्षक धर्मेन्द्र पौडेल लगायतले बोल्नुभएको थियो । कार्यक्रम वडा नम्वर ५ का अध्यक्ष विष्णुप्रसाद बरालको अध्यक्षतामा भएको थियो । तालिममा उत्कृष्ट विष्णु शर्मालाई मादल प्रदान गरिएको थियो । उपप्रमुख गुरुङ र वडा अध्यक्ष बरालले मादल हस्तान्तरण गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...