रुपा गाँउपालिकाले स्थापना दिवस विभिन्न कार्यक्रम गरी मनाउने

पोखरा, फागुन १२ गते । कास्कीको रुपा गाँउपालिकाले आफनो स्थापना दिवसमा विभिन्न कार्यक्रम गरि मनाउने भएको छ । फागुन २३ देखि २७ गतेसम्म वडा अध्यक्ष कप खुल्ला भलिबल, माला, झाँकी प्रतियोगिता र रुपा रत्न सम्मानबाट विभिन्न ब्यक्तिलाई सम्मान गरेर मनाउने तयारी गरेको आज पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको छ ।

रुपमाले स्थापना दिवसको अवसरमा अध्यक्ष कप खुल्ला (वडा स्तरीय ) पुरुष भलिबल प्रतियोगिता २०७९ आयोजना गर्ने भएको हो । भलिबल प्रतियोगिताका विजेताले १ लाख २५ हजार, उपविजेताले ८० हजार र तृतियले ५० हजार सहित टफि, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । उत्कृष्ट सात विधामा पुरस्कृत गरिने भएको छ । जसमा वेष्ट प्लेयरलाई ३ हजार, बेष्ट सर्भरलाई २ हजार, बेष्ट ब्लकरलाई २ हजार, बेष्ट सेटरलाई २ हजार, बेष्ट स्पाइकरलाई २ हजार र अनुशासित टिमलाई २ हजार मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

 

इता पालिका स्तरीय झाँकी प्रर्दशनी प्रर्दशनीका प्रथम, द्धितिय र तृतियले क्रमश ३०, २०, १० र ५ हजार सहित प्रमाणपत्र प्राप्त गर्ने छन् । माला प्रतियोगिताका प्रथम, द्धितिय र तृतियले ६६६७, ४ हजार र २हजार ६ सय ६७ रुपैयाँ प्राप्त गर्ने अध्यक्ष ओझाले बताए । गाँउपालिका अन्र्तगतका साटै वटा वडाहरुमा लोप हुन लागेका विभिन्न जातजातीहरुको संस्कृति संरक्षण गर्ने उद्देश्यले झाँकी प्रर्दशनका लागि प्रतियोगिता आयोजना गरिएको गाँउपालिका अध्यक्ष नवराज ओझाले बताए । प्रतियोगितामा ४० समुहको सहभागीता रहने अनुमान गरिएको छ । झाँकी प्रतियोगितामा समाबेश हुन आउने प्रत्येक समुहले बढिमा ५ वटा माला समावेश गर्ने गरी माला प्रतियोगिता सञ्चालन गर्ने छौ अध्यक्ष ओझाले भने ।

 

त्यस्तै पालिका स्थापना दिवसकै अवसरमा रुपा रत्न सम्मानद्धारा सम्मान गरिने भएको छ । गाँउपालिकालाई विकास र समृद्धिको बाटोमा अगाडी बढाउन विभिन्न क्षेत्रबाट सहयोग गर्ने ब्यक्तिहरुलाई ताम्रपत्र, दोसल्लाबाट सम्मान गरिने अध्यक्ष ओझाले बताए । कार्यक्रममा स्थानीय तथा राष्टिय कलाकारहरुको सांस्कृतिक प्रस्तुती रहने पालिकाले जनाएको छ । पाँच दिनसम्म सञ्चालन हुने कार्यक्रम सम्पन्न गर्न विभिन्न उपसमिति गठन गरिएको जनाएको छ । पत्रकार सम्मेलनमा गाँउपालिका उपाध्यक्ष लालसुब्बा गुरुङले न्यायिक समितिले न्याय सम्पादनमा काम गरिरहेको बताउदै माना चामलको फैसला कार्यान्वयनमा गुनासो आउनु स्वभाविक भएको बताउनुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...