कास्की जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

पोखरा, फागुन १४ गते । १३ औँ कास्की जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता–२०७९ सुरु भएको छ । पोखरा रंगशालामा सुरु भएको प्रतियोगिताको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गर्नुभयो ।

मुख्यमन्त्री अधिकारीले प्रतियोगिताको शुभकामना ब्यक्त गदै पोखरालाई खेलकुद शहरका रुपमा विकास गर्नुपर्ने खाँचो औल्याउनुभयो ।प्रतियोगिताको उद्घाटनमा भएको १५ सय मिटर छात्र दौडमा पोखरा महानगरपालिकाका प्रवेश आचार्य प्रथम, पोखराकै तेन्जोन रोका द्धितिय र माछापुच्छे गाँउपालिका तेजप्रसाद ढकाल तेश्रो भए । आचार्यले ४ मिनेट ४४ सेकेण्ड,रोका ४ मिनेट ४६ सेकेण्ड र ढकालले ५ मिनेट १७ सेकेण्डमा निर्धारित दुरी पार गरे । त्यस्तै १५ सय मिटर छात्रा दौडमा पोखरा महानगरका नारायणी भण्डारी प्रथम, पोखराकै कविता मगर र माछापुच्छेका करुणा कुमाई द्धितिय भए ।

भण्डारीले ५ मिनेट ५९ सेकेण्ड, मगर ६ मिनेट १७ सेकेण्डमा र कुमाईले ६ मिनेट ४२ सेकेण्डमा निर्धारित दुरी पुरा गर्नुभयो । विजेता खेलाडीहरुलाई जिल्ल समन्वय समितिका प्रमुख जिलाधर पौडेल, अन्नपूर्ण गाँउपालिका अध्यक्ष विष्णु केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँ लगायतले मेडल र प्रमाणपत्र वितगरण गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...