अनेमसंघ पाेखरा महानगरकाे अध्यक्षमा बराबरी मत, गाेला तान्दा पहिलाे कार्यकाल तिवारीलाई नेतृत्व

पाेखरा, फागुन १६ गते ।नेकपा एमालेकाे भातृ संगठन अखिल नेपाल महिला संघ पोखरा महानगरको प्रथम सम्मेलन सम्पन्न भएकाे छ ।

अधिवेशनले अध्यक्षमा इन्द्रिरा तिवारीकाे नेतृत्वमा ७५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेकाे छ ।देश संघीय शासन ब्यवस्थामा प्रवेश गरेसंगै अनेमसंघकाे नगर अधिवेशन भएकाे हाे ।

अधिवेशनले ७५ सदस्यलाई सर्वसम्मत चयन गरेकाे थियाे ।निर्वाचित ७५ सदस्यबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, काेषाध्यक्ष चयन गरिएको हाे ।अध्यक्ष बाहेकका सबै पदमा सर्वसम्मत चएन भए ।अनेमसंका निर्वतमान अध्यक्ष  गण्डकी प्रदेशका सांसद समेत रहनुभएकी राजकुमारी भुजेल र उपाध्यक्ष इन्दिरा तिवारीले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए ।

दुबै जनाले अध्यक्ष पद नछाडने अडान लिएपछि ७५ जना सदस्यले मतदान गरेका थिए ।मतदानमा ७२ मत खसेकाे थियाे ।दुबै जनाकाे ३६/३६ मत आएपछि कार्यकाल आधाआधा बाडिएकाे छ ।२ वर्षे कार्यकाल मध्य पहिलाे एक वर्ष इन्दिरा तिवारी र दाेश्राे कार्यकाल राजकुमारी भुजेलले गर्ने सहमति भएकाे छ ।कार्यकाल बाडफाडका लागि गाेला तान्दा तिवारीलाई पहिलाे कार्यकाल  परेकाे हाे ।

अधिवेशनले उपाध्यक्षमा कल्पना ढकाल क्षेत्री,उपाध्यक्षमा शान्ति सुवेदी, सचिवमा पार्वती कार्की, काेषाध्यक्षमा कृष्ण कुमारी गुरुङर सहसचिवमा सरिता सुवेदी निर्विरोध निर्वाचित भए । सदस्यहरुमा कल्पना आचार्य बास्तोला,सरिता सुवेदी,हरिमाया परियार,कविता गुरुङ,राजकुमारी भुजेल,सिमा कोइराला कल्पना मुल्मी तीलमाया सुवेदी भण्डारी,आश माया विक सरस्वती ढुगाना,शारदा भटराई मञ्जुसिंह घताने, शान्ति शर्मा, मिरा तुलाचन,तारा सापकोटा, कृष्णकुमारी गुरुङ, जानुकादेवी भटराई, तुलसी सुवेदी धिताल, शोभा आचार्य, नन्दमाया पौडेल,राधा बयलकोटी नेपाली, कृष्णकुमारी गुरुङ , दुर्गा नेपाल, सरिता बास्तोला, सृजना सुनार, शोभा भुजेल, पार्वती कार्की थापा, दिलमाया भण्डारी, हरिमाया सुनार,किरण गुरुङ, सविना खड्का, लक्ष्मी अधिकारी, सरिता गायक, सृजना ढुंगाना, देवी तिमिल्सिना, रुवि परियार, सन्ध्या गुरुङ, मिना थापा, सरस्वाती बास्तोला, गिता भटराई भण्डारी, हेमाया तामाङ, लक्ष्मी बास्तोल, अञ्जिता बास्तोला , रमा आचार्य, राधादेवी पौडेल, मिरा अधिकारी पार्वती शर्मा सुवेदी, पार्वति अधिकारी, विमला पौडेल, रिता सुनार, लक्ष्मी त्रिपाठी, जेनिसा परियार, सोचना केसी, विपना श्रेष्ठ सुवेदी, सरस्वती ढुगाना, सिता ढुंगना, सिला भण्डारी,उमा परियार, शोभा रानाभाट, सृजना त्रिपाठी, सरु विक, पार्वती भुजेल, शिवकुमारी सुवेदी, शुकमाया ढुगाना, शान्ता दुलाल, भिम कुमारी पुन, भगवती अधिकारी,संगीता अधिकारी, विष्णुमाया धमला, पार्वती विश्वकर्मा, चन्द्रमाया घर्ती, धनकुमारी बानियाँ, अञ्जु भण्डारी रहेका छन् ।

अधिवेशनकाे उद्घाटन नेकपा एमाले केन्द्रीय सचिव पदमा अर्यालले गरेकी थिइन ।कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी,अनेमसंघ गण्डकी प्रदेश इन्चार्ज टुका हमाल, एमाले केन्द्रीय सदस्य मायानाथ अधिकारी, एमाले केन्द्रीय सदस्य मञ्जुदेवी गुरुङ, एमाले केन्द्रीय सदस्य कृष्ण थापा, अनेमसंघ नेतृ सृजना शर्मा,

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...