घान्द्रुकमा एमालेकाे मिसन ग्रास रुट

पाेखरा, फागुन १७ गते ।नेकपा एमाले अन्नपूर्ण गाउँ पालिका कमिटीले मिसन ग्रास रूट कार्यक्रम अन्तर्गत बुधबार कास्किको अन्नपूर्ण गाउपालिकामा सम्पन्न भएकाे छ ।वडा नम्बर   १० घान्द्रूकमा वडा कमिटिको पूर्ण बैठक सम्पन्न भएकाे हाे ।

बैठकमा पार्टिका प्रदेश कमिटी सचिबालय सदस्य तथा जिल्ला समन्वय समिती कास्किका प्रमुख लिलाधर पौडेल गण्डकी प्रदेश कमिटी सचिबालय सदस्य दिपक पौडेल, प्रदेश कमिटी सदस्यद्वय बुद्धिमान गुरुङ र कुमार गुरुङ ,अन्नपूर्ण गाउँपालिका कमिटी अध्यक्ष बिबेक देबकोटा लगायतले अभियानको बारेमा प्रकाश पारेका थिए।

 

यसअघि बैठकमा ने क पा( एमाले ) अन्नपूर्ण गाउँपालिका कमिटी कास्किको पूर्ण बैठकल संगठन सुढृडिकरण अभियान अन्तर्गत उक्त अभियान संचालन गर्ने निर्णय थियो ।

 

जस अनुसार फागुन १७ गते बाट २८ गते सम्म वडा कमिटिका बैठकहरू र ,फागुन २९ र ३० गते जन संगठनका बैठकहरू सम्पन्न गर्ने, २१ गते उक्त पालिकाका कम्युनिस्ट आन्दोलनमा महत्त्वपूर्ण योगदान पुर्याउनु भएका अग्रजहरूलाइ सम्मान गर्ने, पार्टी सदस्यता नवीकरण सहित सदस्यता थप गर्ने कार्य प्रभाबकारीरूपले अघि बढाइने सो पार्टीका गण्डकी प्रदेश प्रचार बिभाग सदस्य तथा प्रेस चौतारी नेपाल लेखा आयोग उपाध्यक्ष रामजी प्रसाद लम्सालले जानकारी दिए।

 

बैठक गाउँपालिका वडा न १० कमिटी अध्यक्ष राज बहादुर गुरुङको अध्यक्षतामा सम्पन्न भएको थियो।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...