पाेखरा, फागुन २० गते ।प्रेस क्लब गण्डकीको प्रथम अधिवेशन शनिबार पाेखरामा सम्पन्न भएकाे छ ।अधिवेशनले एकराज गिरीकाे अध्यक्षतामा सात सदस्यीय समिति निर्विरोध निर्वाचित गरेकाे छ ।
समितिकाे कार्यकाल तीन वर्षकाे रहने विधानमा व्यवस्था रहेकाे छ । यसैगरी संस्थाको उपाध्यक्षमा राजाराम पौडेल, सचिवमा गौरव त्रिपाठी, कोषाध्यक्षमा राजु गिरी र सहसचिव दीपा पौडेल भण्डारी चयन हुनुभयो छ ।
कार्यसमितिको सदस्यहरुमा आशिष पुरी र संकल्प ढुँगाना हुनुहुन्छ। अधिवेशनको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गर्नुभएको थियो।उहाँले तथ्य र तथ्यमा आधारित भएर समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयाे ।
उहाँले प्रदेश सरकारले तत्काल आमसञ्चार विधेयक नल्याउने बताउनुभयाे ।उहाँले सरकार र प्रतिपक्ष दलका वीचमा तत्काल आमसञ्चार विधेयक नल्याउने सहमति बनेकाे समेत बताउनुभयाे ।
कार्यक्रममा गण्डकी प्रदेशका भौतिक पूर्वाधार एवं यातायात मन्त्री हरिबहादुर चुमान, गण्डकी प्रदेश सांसद एवं पूर्वमन्त्री विन्दुकुमार थापा, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पगेनी, क्लबका उपाध्यक्ष राजाराम पाैडेल लगायतले बाेल्नुभएकाे थियाे ।
उद्घाटन कार्यक्रम क्लबका अध्यक्ष एकराज गिरीकाे अध्यक्षतामा भएकाे थियाे भने सञ्चालन सचिव गाैरब त्रिपाठीले गर्नुभएकाे थियाे ।