फेवाताला डुंगा बेपत्ता

पाेखरा, फागुन २० गते ।हावाहुरीका कारण फेवातालमा डुंडा पल्टिएर बेपत्ता भएकाे छ।डुंगा पल्टिँदा  एक महिला घाइते भएकाे बताइएकाे छ । कास्की प्रहरीका प्रवक्ता तथा डिएसपी ​श्रवण कुमार विकका अनुसार करिब ५० वर्षिया महिला घाइते भएकाे बताएकाे छ ।

घाइते महिलाको उद्धारपश्चात गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको डिएसपी विकले बताए । घ​टनाबारे थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।डुंगा कति जना थिए भन्ने नखुलेको बताइएको छ ।

 

यसअघि पनि हावाहुरीका कारण डुंगा खसेको थियो । चार जनालाई त्यस डुंगाबाट सकुशल उद्धार गरिसकिएको छ ।

अहिले फेवामा सशस्त्र, नेपाल प्रहरी र डुंगा व्यवसायीहरु खोजीमा लागेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...