मुख्यमन्त्री अधिकारीद्धारा फागु पूर्णिमा र तोरन्लको शुभकामना

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले रंगहरुको पर्व फागु पूर्णिमा तथा थकाली समुदायको महान् पर्व तोरन्लको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री अधिकारीले शुभकामना सन्देश दिदैं यि पर्वहरुले नेपाली समाजलाई एक सूत्रमा जोडेर आपसी सद्भाव, सहिष्णुता, प्रेम र भाइचाराको अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउने विश्वास व्यक्त गरेका छन् ।

 

सन्देशमा भनिएको छ — “यस वर्षकोे फागु पुर्णिमा (होली पर्व) तथा तोरन्ल पर्वले नयाँ उमंग एवम् हर्षोल्लास प्रदान गरोस् र सबै नेपालीबीचको एकता,सद्भाव र सहिष्णुतालाई अक्षुण्ण राख्ने उत्प्रेरणा हामी सबैमा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।”

 

शुभकामना सन्देशमा उनले नेपालमा बसोबास गर्ने विभिन्न जात—जातिका आ—आफ्ना मौलिक जातीय, भाषिक, सांस्कृतिक र धार्मिक परम्परा राष्ट्रिय पहिचान भएको उल्लेख गरेका छन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...