होलीमा रंगीन पोखरा, स्वदेशी मात्रै हैन् विदेशी पर्यटक पनि रमाए

पोखरा, फागुन २१ गते । नेपालीहरुको मौलिक पर्व ‘होली’ पोखरामा पनि धुमधामका साथ मनाइयो । पर्यटकीय नगरि पोखरामा स्वदेशीदेखि विदेशी पर्यटकहरु होलीमा रमाएका थिए । होलीको अवसरमा विभिन्न संघसंस्थाले होली विशेष कार्यक्रम आयोजना गरेका थिए । आपसी सद्भाव कायम राख्दै विभिन्न रगं दलेर होली पर्व मनाइएको छ ।

पोखराका सडकमा समुह समुहमा यूवायूवतीेदेखि बालबालिका रङ लगाउदै होली मनाएको देखिन्थ्यो । त्यस्तै रेष्टुरेट बार एशोसियनसन (रेवान)ले होली महोत्सवको आयोजना गयो । लेकसाइमा आयोजना गरिएको होली महोत्सवमा विदेशी पर्यटक रमाएका थिए । उनीहरुले पनि एक आपसमा रङगीविरङगी रङ लगाउदै होलीमा रमाएका थिए ।

 

रेवानले पञ्चेबाजा सहित आयोजना गरेको होली महोत्सवमा विदेशी पर्यटकहरु नाच्दै होलीमा रमाए । आफनो कला र संस्कृतिको बारेमा विदेशीलाई जानकारी दिदै पर्यटनलाई त्यसको महत्व बारे जानकारी दिने उद्देश्यले रेवाले प्रत्येक वर्ष होली महोत्सवको आयोजना गदै आएको छ । लेकसाईको पाँच किलोमिटर क्षेत्र पर्यटक र पोखरेली युवायुवतीको भिडले भरिएको थियो । विशेष गरि होलीमा सवैको रोजाई लेकसाइड पर्ने भएकाले भिड ब्यापक हुने गर्छ ।

 

प्रहरीलाई भिड ब्यवस्थापन गर्न हम्मेहम्मे परेको थियो । विगतका होलीमा भन्दा ब्यवस्थित गरिएको थियो । लेकसाईड क्षेत्रमा सवारीसाधन संचालमा रोक लगाइएको थियो । विहान १० बजेदेखि साँझ सम्म सवारी चाप आवागमन  थियो ।

 

सडकमा विभिन्न सांगीतिक कार्यक्रमहरु गरिएका थिए भने लाइभ ब्याण्डहरुको प्रस्तुतीसैगै होली फेष्टिभलमा मानिसको भिड लागेको थियो । पहिलो पटक फान्स बाट आएका फन्टोले होली निक्कै रमाइलो लागेको बताउनुभयो ।

 

 

उहाँले होली खेल्न पाउदा खुशी लागेकोे बताउनुभयो । त्यस्तै अष्टेलियाबाट आउनुभएकी भेलेन्सीले पनि नेपालको संस्कृति निक्कै राम्रो लागेको र रमाइलो लागेको प्रतिक्रिया दिनुभयो ।पर्यटकीय क्षेत्र लेकसाइटमा विभिन्न सास्कृतिक कार्यक्रमहरु पनि आयोजना गरिएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...