पाेखरामा भब्य रुपमा मनाइयो महिला दिवस

पाेखरा, फागुन २४ गते ।११३ औ अन्तर्राष्ट्रिय महिला दिवस पाेखरामा भब्य रुपमा  मनाइएको छ ।पाेखरा महानगरपालिका सामाजिक विकास महाशाखाको आयाेजनामा लेखनाथमा र्यालि सहित गृहणी महिलाहरु वीच हाजिरी जवाफ प्रतियाेगिता आयाेजना गरि दिवस मनाइएकाे हाे ।

पाेखरा महानगर २७ तालचाेकबाट र्यालि सहित पाेखरा उद्योग वाणिज्य संघकाे सभाहलमा पुगेर आैपचारिक कार्यक्रममा परिणत भएकाे थियाे ।कार्यक्रममा बाेल्दै पाेखरा महानगरपालिकाका मेयर धनराज आचार्यले महिला पुरुष वीचकाे असमानता अन्त्य गर्दै समतामुलक समाज निर्माण गर्नुपर्नेमा जाेड दिनुभयाे । उहाँले महिलालाई कुनै अधिकार नदिएकाे अवस्थामा महिलाहरुले  अधिकार र समान ज्यालाका लागि गरेकाे आन्दाेलनले विश्व ब्यापी  रुप लिएर दिवसका रुपमा मनाउन थालिएकाे बताउनु भयाे ।

महिला  र पुरुषका वीचमा  विभेद हुन नहुने बताउदै एक रथका दुई पाङ्ग्रा भएको उल्लेख गर्दै समानताका लागि साझा रुपमा अगाडि बढनुपर्नेमा जाेड दिनुभयाे ।कार्यक्रममा पाेखरा महानगर वडा नम्बर २ का अध्यक्ष  दिवसमान प्रधानांग, वडा नम्बर १७ का वडाध्यक्ष  राधिका शाही याेगिले महिलाहरुलाई विभेद नगरी समान अवसर प्रदान गर्नुपर्नेमा जाेड दिए ।

 

यसैबीच  हाजिरी जवाफ प्रतियोगिता पाेखरा महानगरपालिका वडा नम्बर १ काे कामना जागरण आमा समूह प्रथम, सृजना आमा मार्ग आमा समूह द्वितीय, जयमुल आमा समूह तृतीय र कास्की काेट सहकारी र पुनिठि आमा समूह सान्त्वना भए ।

 

 

प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वनाले क्रमश १५ हजार, १० हजार, ७ हजार र सान्त्वना दुई समुले ५÷५ हजार रुपैयाँ प्राप्त गरे । प्रतियाेगितामन ७२ समूह सहभागी भएका थिए ।यता र्यालीमा  सरस्वती  आमा समूह पाेखरा ३३ उत्कृष्ट हुदै १० हजार प्राप्त गरेकाे छ ।

 

कार्यक्रममा विजेता सबैलाई पाेखरा महानगरका उपप्रमुख  मञ्जुदेवी गुरुङ, वडा अध्यक्ष राधिका कुमारी शाही याेगीले नगद प्रमाणपत्र र नगद प्रदान गर्नुभयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...