

पाेखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङले समुन्नत पर्यटकीय पाेखरा बनाउन सबै जनप्रतिनिधिहरु एकजुट भएर लागेकाे बताउनुभयाे ।उहाँले हिजाे जुनसुकै पार्टीबाट निर्वाचनमा उठेपनि अव साझा भएकाे बतनउदै पाेखराकाे विकास र समृद्धिका लागि एक भएर अगाडि बढेकाछाै भन्नुभयो ।
उहाँले देशका छ महानगर मध्य पाेखरा गाैरब गर्न लायक भएकाे उल्लेख गर्दै क्षेत्रफल, जनसंख्या,गण्डकी प्रदेशकाे राजधानी र धार्मिक, साँस्कृतिक र पर्यटनका हिसाबले अगाडि रहेकाे बताउनुभयाे ।पोखरा महानगरपालिका वडा नं.२ का अध्यक्ष एवं नेपाली काँग्रेस दलका नेता दिवसमान प्रधानाङ्गले जनताका सामु गरिएका बाचाहरू पुरा गर्न आफुनहरु प्रतिबद्ध रहेको बताउनुभयो ।
। पोखरा महानगरपालिका वडा नं.१७ की अध्यक्ष एवं नेकपा एमाले दलकी नेता राधिका कुमारी शाही योगीले समुन्नत महानगर निर्माणको अभियानमा हातेमालो गर्दै अगाडी बढ्नु पर्नेमा जोड दिनुभयो ।समारोहमा विभिन्न सम्मानहरू समेत प्रदान गरिएको छ । पोखरा महानगरपालिकाको नीति निर्माण तथा प्राविधिक विषयहरूमा सहयोग गर्ने नेपाल सहरी उत्थान परियोजना (सुदृढ), जग्गा वर्गीकरण कार्यमा विशेष सहयोग गर्ने नापी कार्यालय कास्कीका नापी अधिकृत ई.प्रदीप श्रेष्ठ, नापी अधिकृत ई.शोभा आचार्य, ट्राफिक व्यवस्थापनमा सहयोग गर्ने जिल्ला ट्राफिक प्रहर कार्यालय कास्कीका वरिष्ठ प्रहरी नायव निरीक्षक प्रवीण आचार्य, गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा नाम लेखाउन सफल विक्रम खड्कालाई सम्मान गरिएको छ ।