रामबजारमा लुम्बिनी विकास बैंकको एटिएम उद्घाटन

पोखरा, फागुन २९ गते ।लुम्बिनी विकास बैंक लिमिटेडले सेवालाई अझ प्रभावकारी बनाउन पोखराको रामबजारमा एटिएम सञ्चालनमा ल्याएको छ । एटिएमको पोखरा महानगरपालिका वडा नम्बर १५ का वडा अध्यक्ष तोरण बहादुर बानियाँ उद्घाटन गरे । कार्यक्रममा बैंकका सञ्चालक रामचन्द्र सिग्देल, पुर्व अध्यक्ष सुशिलराज पराजुली, पुर्व सञ्चालक बिल बहादुर गुरुङ, बैकका शेयरधनीहरु, स्थानियले एटिएमले बैंकको सेवा लिन अझ सजिलो हुने बताए ।

 

शाखा प्रबन्धक बाल कृष्ण वनले सञ्चालन गरेको कार्यक्रममा बैंकका मुख्य प्रबन्धक दिपक खनालले बैंकको बारेमा जानकारी दिएका थिए । बैंकले हाल ८९ वटा शाखा, १ वटा एक्सटेन्सन काउण्टर मार्फत सेवा प्रदान गर्दै आएको खनाल जानकारी दिए । उनले रामबजार शाखाबाट एटिएम सेवा शुरु गरी स्थानिय स्तरमा अझै सहज बैंकिङ्ग सेवा पु¥याउन पहल गरेको बताए ।

 

देशका ७ वटै प्रदेशमा शाखा सञ्चालन गरि कारोबार गर्दै आइरहेको लुम्बिनी विकास बैंक लिमिटेडको यो सगैँ १८ वटा एटिएम मार्फत सेवा प्रदान गरिरहेको छ । यस लुम्बिनी विकास बैंक लिमिटेडले “निरन्तर सहयात्रा” भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नविनतम प्रविधिहरु सहितको सुरक्षित बैंकिङ्ग सेवा प्रदान गर्दै आईरहेको छ । ग्राहकहरुलाई अधिकतम प्रतिफल दिने उद्देश्यले बैंकले मुद्दती खातामा “मासिक” रुपमा ब्याज प्रदान गर्ने र मल्टिपल धमाका खातामा आफ्नो लगानीलाई दुई गुणा देखि दश गुणासम्म गर्न मिल्ने समेत बिशेष योजना ल्याएको बैंकले जनाएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...