पोखरा, चैत २ गते । नेकपा एमालेका केन्द्रीय सदस्य मञ्जुदेवी गुरुङले ग्रास रुट अभियानले पार्टीलाई शसक्त र बलियो बनाउने विश्वास ब्यक्त गर्नुभएको छ । नेकपा एमाले आँधिखोला गाउँपालिका वडा नम्बर १ वडा कमिटीको मिसन ग्रास रुट (पार्टी सुदृढीकरण) अभियान अन्तर्गत पूर्ण बैठकमा बोल्दै उहाँले तल्लो तहबाटै पार्टीको सुदृढिकरण गदै बलियो बनाउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताउनुभयो ।
पार्टी कार्यकतालाई प्रशिक्षित गदै जनताको वीचमा पार्टी कार्यकता र जनतावीचको सम्वन्धलाई थप बलियो बनाउदै पार्टी सदस्यता बृद्धि गर्दै सबैलाई संगठित गर्ने अभियान हो उहाँले भन्नुभयो, ‘नेकपा एमाले ज्येष्ठ नागरिक, महिला, युवा र विद्यार्थीहरुको पार्टी हो । त्यसैले जनताको मन जित्ने गरी अगाडि बढनुपर्छ ।’ केन्द्रीय सदस्य गुरुङले ग्रास रुटले कार्यक्रमले विगतमा भन्दा पार्टीलाई बलियो बनाउन भुमिका खेल्ने विश्वास ब्यक्त गर्नुभयो ।
उहाँले पार्टी फुटउनेहरुका विरुद्ध सतिशाल बनेर उभिएका कारण पार्टी जागिएको बताउदै स्थानीय तहको निर्वाचनमा पार्टीभित्रै अन्र्तघातले गर्दा नतिजा सोचे जस्तो आउन नसकेको बताउनुभयो । उहाँले अव पार्टी र जनवर्गिय सगठनहरुलाई क्रियाशिल गराउनुपर्ने बताउनुभयो । नागरिकका सुख दुःखमा सारथी बन्दै अन्यायका विरुद्ध आबाज उठाएर मन जित्न कार्यकतालाई आग्रह गर्नुभयो । केन्द्रीय सदस्य गुरुङले अन्य पार्टीका कार्यकता भन्दा फरक र असल बानी ब्यवहार प्रर्दशन गर्नुपर्नेमा जोड दिनुभयो । पोखरा महानगरपालिकाको उपप्रमुख समेत रहनुभएकी गुरुङले जनप्रतिनिधि र पार्टीवीचको सम्बन्ध सुमधुर बताउदै जनप्रतिनिधिले गरेका कामको प्रचार गर्नुपर्नेमा बताउनुभयो । ‘हामीलाई पार्टीले पाँच वर्षका लागि जनप्रतिनिधि बनाएर पठाएको हो ।त्यसैले समन्वय र सहकार्य गरेर अगाडी बढनुपर्छ ।’
कार्यक्रममा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य देवी थापा, देवेन्द्र कुमार गुरुङ, थमनारायण पौडेल, बेदप्रसाद पनेरु, एमाले आधिखोला गाँउपालिका कमिटी अध्यक्ष सिंहबहादुर क्षेत्री, उपाध्यक्ष शिवराम ढकाल, एमाले स्याङजाका उपसचिव एवं आधिखोला गाँउपालिका अध्यक्ष विश्वनाथ पौडेल, एमाले स्याङजा जिल्ला कमिटी सदस्य लोकप्रसाद ढुंगाना लगायतले एमाले अन्य पार्टीभन्दा फरक रहेको बताउनुभयो ।अधिखोला गाँउपालिका पञ्चमुल वडा नम्वर १ वडा कमिटी अध्यक्ष पवनकाजी अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा ज्येष्ठ नागरिकलाई सम्मान गरिएको थियो । केन्द्रीय सदस्य गुरुङले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो ।