देशभरका १५ सय लायन सदस्यहरु पोखरामा, पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने दाबी

पोखरा, चैत २ गते । लायन्स क्लब इन्टरन्यासनल २२५ के को प्रथम वार्षिक सम्मेलन चैत ४ गते शनिबार पोखरामा हुने भएको छ । पोखरा सभागृहमा हुने सो सम्मेलनमा देशभरका करिब १५ सय लायनहरुको सहभागिता रहने क्लबका गनर्भन राजेन्द्रकुमार बाटाजूले बताए । उनका अनुसार वार्षिक सम्मेलनको गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले समुद्घाटन गर्नेछन् ।

लायन्स क्लबका सदस्यहरुको लागि वार्षिक सम्मेलन महान पर्व भएको बताउँदै उनले सम्मेलनको सम्पूर्ण तयारी करिब पूरा भएको बताए । ‘सम्मेलनको सबै तयारी सकिएको, सहभागी सदस्य र अतिथिज्यूहरु पोखरा आउने क्रम सुरु भएको छ’,उनले भने,‘ सम्मेलनले पोखराको पर्यटन प्रवद्र्धनमा पनि योगदान गर्नेछ ।’ सम्मेलनको समुद्घाटन अघि चिप्लेढुंगाको मानवअधिकार चोकबाट पोखरा सभागृहसम्म भव्य परेड आयोजना गरिने पनि उनले जानकारी दिए ।

 

क्लबका कन्भेनर टीकाराम सापकोटाले पनि सम्मेलन भव्य बनाउन कुनै कसर बाँकी नराखिएको बताए । ‘प्रथम सम्मेलन सम्पन्न गर्न हामीले २१ वटा विभिन्न विषयगत समिति बनाएका छौँ,सबै समितिहरुले आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुभएको छ’,उनले भने,‘ हाम्रो डिष्ट्रिक्ट ३२५ के मा आवद्ध १५७ वटा क्लबका सदस्यज्यूहरु सबै उत्साहित हुनुहुन्छ । पोखरामा हुने यो भव्य सम्मेलनले तत्काल कोभिड १९ को संक्रमणबाट तंग्रिँदै गरेको पोखराको पर्यटनलाई प्रत्यक्ष लाभ पु¥याउने छ भने कालान्तरमा पोखरा र गण्डकी क्षेत्रको आन्तरिक र वाह्य प्रवद्र्धनमा विशेष योगदान दिनेछ भन्ने हामीले ठानेका छौँ ।’

 

प्रथम सम्मेलनको रजिष्टे«ेसन समितिका संंयोजक बसन्त गिरीका अनुसार सम्मेलनमा सहभागिताको लागि नाम दर्ता हुने क्रम जारी छ । क्लबका को–कन्भेनर श्यामकृष्ण श्रेष्ठका अनुसार प्रथम सम्मेलनको पूर्वसन्ध्यामा हुने परेडमा लाखे नाच, पञ्चेबाजा पनि समावेश गरिएको छ । ‘नेपाली मौलिक परम्पराको प्रवद्र्धन गर्न हामीले परेडमा लाखे र पञ्चेबाजा समावेश गरेका हौँ’,उनले भने ।

 

कन्भेनर टीकाराम सापकोटाका अनुसार प्रथम सम्मेलनमा लायन वर्ष २०२३÷०२४ का लागि नयाँ नेतृत्व चयनसमेत गर्नेछ । लायन वर्ष २०२३÷०२४ का लागि डिष्ट्रिक्ट गभर्नरमा लायन सुचित्रा थापा, प्रथम भाइस डिष्ट्रिक्ट गभर्नरमा लायन निरा बज्राचार्य र द्धितीय डिष्ट्रिक्ट भाइस गभर्नरमा लायन दुर्गाप्रसाद हुमागाईंको आधिकारिक उम्मेदवारी दर्ता भएको पनि उनले जानकारी दिए । ‘उम्मेदवारी दर्ता भनेको प्रक्रिया हो, उहाँहरुका अरु प्रतिस्पर्धी हुनुहुन्न’,उनले भने, लायनहरु विधिमा विश्वास गर्छन्, निर्वाचन भनको विधि हो र उहाँहरु त्यसको लागि मैदानमा आउनुभएको हो’,उनले भने,‘ उहाँहरुले निर्वाचनमार्फत् सत्प्रतिशत मत प्राप्त गर्नुहुनेछ ।’

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...