पाेखरामा बसकाे ठक्करबाट दिक्षाकाे मृत्युु

पोखरामा बिहानै बसको ठक्करबाट एक युवतीको ज्यान गएको छ ।

पोखराको  चिप्लेढुंगामा आज विहान करिब ७ः३० बजे बसको ठक्करबाट दमक ४ झापा घर भई हाल पोखरा ५ प्रस्र्याङ बस्दै आएकी २४ बर्षीया दिक्षा कार्कीको ज्यान गएको कास्की प्रहरीले  जनाएको छ ।

 

पोखरा ताङतिङ चल्ने बस ग १ ख ७१०८ नम्बरको बसले ग १९ प ९९८९ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक कार्कीको उपचारका लागि अस्पताल लगेसंगै अस्पताले मृत घोषणा गरेको कास्कीका प्रहरी प्रवक्ता डिएसपी श्रवण कुमार विकले बताए ।

 

बस चालक र बसलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...