पोखरा–२६ को जलधारे र सक्नेरीमा त्रिदिवसीय उद्घोषण तालिम

पोखरा, चैत ३ गते ।पोखरा महानगरपालिका वडा नम्बर–२६ को जलधारे र सक्नेरीमा त्रिदिवसीय उद्घोषण तालिम सम्पन्न भएको छ ।

पोखरा महानगरपालिका वडा नम्बर–२६ को आयोजनामा जलधारे र सक्नेरीमा दुई ठाउँमा छुट्टाछुट्टै आयोजित त्रिवसीय उद्घोषण तालिम शुक्रबार सम्पन्न भएको हो । चैत १, २ र ३ गते आयोजित तालिममा पत्रकार द्वय घनश्याम पाण्डे र सन्देश श्रेष्ठले सहजीकरण गरेका थिए ।

 

 

दुबै ठाउँमा आयोजित तालिम समापन कार्यक्रमका प्रमुख अतिथि पोखरा–२६ का वडाध्यक्ष नरेन्द्र थापाले महिलाहरुको व्यक्तित्व र नेतृत्व विकास गर्दै उनीहरुलाई बोल्न सक्ने र कार्यक्रम सञ्चालन गर्न सक्ने बनाउने उद्देश्यले तालिम आयोजना गरिएको बताए ।

 

 

उनले आगामी दिनमा पनि महिलालाई सक्षम र सबल बनाउन सघाउने व्यक्तित्व, नेतृत्व विकासँगै सीपमूलक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए ।

 

 

कार्यक्रममा वडा सदस्य लक्ष्मी भट्टराई, तीर्थ राजभाट, सुजाता बराल सुनारले सिकेका कुरा व्यवहारमा उतार्न सहभागिहरुलाई आग्रह गरे ।

 

 

प्रशिक्षकका तर्फबाट प्रशिक्षक तथा गण्डकी टेलिभिजनका स्टेशन म्यानेजर घनश्याम पाण्डेले प्रशिक्षार्थीहरुलाई तालिममा सिकेका कुराहरु आफ्नो दैनिक जीवनमा उतार्न सकेमात्र तालिमको अर्थ हुने बताए ।

 

प्रशिक्षार्थीहरु सुस्मिता अधिकारी, संगीता परियार, अञ्जना अधिकारी र विमला गुरुङले तालिम अत्यन्तै उपयोगी भएको भन्दै यसलाई व्यवहारमा उतार्ने प्रतिबद्धता जनाए । आगामी दिनमा पनि महिलालक्षित कार्यक्रमलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिदिन जनप्रतिनिधिहरुलाई उनीहरुले आग्रह गरे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...