वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’को पोखरामा नागरिक अभिनन्दन

पोखरा, चैत ४ गते । वरिष्ठ कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ८० वर्ष पूरा भएको अवसरमा आज पोखरामा रथारोहण सहित नागरिक अभिनन्दन गएिको छ । पोखरेली युवा सांस्कृतिक परिवारको आयोजनामा पोखरामा क्रियाशील साहित्यिक तथा वाङ्मयिक संस्थाहरुले उहाँलाई रथारोहण सहित नागरिक अभिनन्दन गरेका हुन् ।

नदीपुरस्थित बरालको निवासबाट सुरु भएको रथारोहण नदिपुर, बगर, ट्क्यासीचोक, बगमजार हुदैँ विन्ध्यबासिनी मन्दिर प्रांगणमा पुगेर अभिनन्दन कार्यक्रममा परिणत भएको थियो । आफ्नो पुस्ताका उत्कृष्ट कलाकार वात्स्यायन कार्टुनका बादशाहको रुपमा चिनिन्छन् ।

पोखराका साहित्यिक, वाङ्मयिक संस्था गरी ३२ संघसंस्थाले कलाकार बरालकै निवास नदीपुरदेखि विन्ध्यवासिनी मन्दिरसम्म रथारोहण गराई अभिनन्दन गरेको पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलले जानकारी दिए ।कार्यक्रममा परिवारका अध्यक्ष पौडेलले पोखरामा जन्मिएर कलाकारिता क्षेत्रमा वात्स्यायनले पु¥याएको योगदान अतुलनीय रहेको बताए । देशकै निधिको अभिनन्दन गर्ने अवसर पोखरेलीको लागि सुनौलो अवसर बताए ।

 

१९९९ चैत ५ मा आर्बा (हाल पोखरा १३) मा जन्मिएका बराल ८० वर्ष पूरा भएका छन् । नेपाली कला क्षेत्रमा लामो समय योगदान पु¥याएका उनले दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरिसकेका छन् । उनले जगदम्बा श्री, प्रवल गोरखा दक्षिण बाहु चौथो, राष्ट्रिय प्रतिभा पुरस्कार, अननिको राष्ट्रिय ललितकला प्रज्ञा सम्मान, शिरोमणि पुरस्करा, हाँस्ने पुरस्कार, बासुदेव लुइँटेल पुरस्कार पाइसकेका छन् ।

 

 

उनका चार ओटा एकल चित्रकला प्रदर्शनी भइसकेको छ । २० वर्षको उमेरमा नयाँ सन्देश साप्ताहिकमार्फत कार्टुन करिअर सुरु गरेका उनले नेपाली कला क्षेत्रमा ५ दशक बिताइसकेका छन् । पछिल्लो समय उनी कान्तिपुरका लागि कार्टुन बनाउदै आएका छन ।

 

 

सानै उमेरमा धुलीमाटीमा औंलाले चित्र बनाउनेदेखि अहिलेसम्म चित्रकारितामा सक्रिय भई उनले नेपाली चित्रकारितालाई अतियथार्थवादी धारमा डो¥याउन उल्लेख्य योगदान दिएका छन् । उनले पोखरालाई पानी रङको चित्रकारितामा स्थापित मात्रै गरेनन्, थुप्रै अनुजलाई दीक्षितसमेत गरे । पोखरामा शारीरिक सुगठन कला भित्रयाउने र प्रशिक्षण गर्ने श्रेय पनि उनैलाई जाने उनका सहयात्री तिर्थ श्रेष्ठले बताए । विगत सम्झदै तीर्थले भने, पोखरामा बाँध भत्किएर विद्युत नभएको विषयलाई कार्टुन बनाएको बताए । उनले भने बाँध भत्किएर विजुली भिएन अनि ब्यंग्य गर्दै लालटिन बालेर मिटर रिडिंग गरेको कार्टुन बनाउनुभयो । बराल सलर शालिन्ताका प्रतिमुर्तिभएको बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...