रिटर्नी फेडेरेशन गण्डकीकाे अध्यक्षमा प्रमिला

पाेखरा, चैत ५ गते ।रिटर्नी फेडेरेशन नेपाल गण्डकी प्रदेशको प्रथम अधिबेशन शनिबार पाेखरामा सम्पन्न भएकाे छ ।

नेपाल कम्युनिस्ट पार्टी(एमाले) स्थाई कमिटी सदस्य,संगठन बिभाग प्रमुख तथा गण्डकी प्रदेशका  मुख्यमन्त्री  खगराज अधिकारीले अधिवेशनकाे उद्घाटन गरे ।

 

 

 

अधिबेशनले सर्बसम्मत नयाँ नेतृत्व चयन गरेकाे छ ।अधिवेशनले अध्यक्षमा   प्रमिला बराललाई सर्वसम्मत चयन गरेकाे हाे ।उपाध्यक्षमा कमरेड शिव गिरि
उपाध्यक्षमा भोला पौड्याल, सचिबमा कालिदास पोख्रेल
कोषाध्यक्षमा  मन बहादुर कुँवर, सहसचिबमा  हरिशंकर भण्डारी चयन भएका छन ।

 

 

 

त्यस्तै सदस्यहरुमा जीवन थापा, पार्बती नेपाली, नवराज त्रिपाठी धनन्जय लम्साल, रमेश त्रिपाठी, देबिराम ओझा,  पुस्पराज अधिकारी, कृष्णबहादुर पाण्डे, प्रेमराज भट्टराई,  पारशमणी बराल, चिरन्जिवी ढकाल चयन भएका छन ।

 

 

अन्य थप सदस्यहरु प्रदेश भित्रका सबै जिल्लाहरुलाई समेट्नेगरी  कार्यक्षमता र ब्यस्ततालाई ध्यानमा राख्दै कार्यसमितिले  मनोनित गर्ने सचिव कालिदास पाेखरेलले बताए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...