रेडक्रस पाेखरा ८ काे साधारण सभा

पोखरा । नेपाल रेडक्रस सोसाइटी पोखरा–८, उपशाखा, कास्कीको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन जनप्रिय क्या.म्पस संचालक समिति अध्यक्ष विरेन्द्र नारायण विजुक्छेले गरेका थिए ।

उनले प्राकृतिक विपत्तिमा रेडक्रसले महत्वपूर्ण भुमिका निर्वाह गरेको बताए । कार्यक्रममा अतिथिका तर्फबाट डोलराज पाण्डे, परशुराम बराल, हरि प्रसाद बराल, पवित्रा के.सी., सोमनाथ बराल, गणेश बहादुर अधिकारी र श्रीराम बराल लगायतले बालेका थिए ।

 

 

कार्यक्रममा रेडक्रसको सात सिद्धान्त वाचन गौरी पौडेलले गरेकी थिइन भने स्वागत कूलमाया पौडेलले र कार्यक्रमको संचालन पोखरा–८, उपशाखाका सचिव दानबहादुर
गुरुङ ले गरे

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...