पोखरा र घोराही उपमहानगरका न्यायिक समिति वीच अनुभव आदान प्रदान

पोखरा, चैत ५ गते ।पोखरा महानगरपालिका र घोराही उपमहानगरपालिकाको न्यायिक समिति वीच अनुभव आदान प्रदान भएको छ । घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमकुमारी डि.सीको नेतृत्वमा आएको न्यायिक समितिले पोखरा महागनरका उपप्रमुखसंग भेट गदै न्याय सम्पादनबारे अनुभव आदान प्रदान गर्नुभयो । टोलीमा घोराही उपमहागनरपालिका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरे, वडा सदस्य राजिवराज हौजलि, धर्मराम चौधरी, मोहनराज आचार्य, लक्ष्मण अधिकारी, उपेन्द्र अंगेलि, ओमप्रकाश बस्तेत, गोपाल खड्का, तारा पुरी सहभागी हुनुहुन्थ्यो ।

पोखरा महानगरपालिका उपप्रमुख एवं न्यायिक समिति संयोजक मञ्जुदेवी गुरुङसंग पोखरा महानगरपालिका र किर्तिपुरले न्याय सम्पादनमा भैरहेका असल अभ्यास, समस्या र चुनौती बारे छलफल गर्दै अनुभव आदान प्रदान गर्नुभएको हो । भेटमा उपप्रमुख गुरुङले महानगरले न्यायिक समितिमा आउने विवादका प्रकृति, विवादको अवस्था लगायत समग्र महानगरका विषयमा जानकारी गराउनुभयो ।

 

पोखरा महानगरमा विवादको अवस्था हेर्दा मानाचामल, जग्गा खिचलो, ज्येष्ठ नागरिकलाई लालनपोषण नगरेको साँध सिमाना मिचेको लगायतका विवाद बढि आउने गरेको बताउनुभयो । उहाँले विवाद समाधानका लागि वडाहरुमा मेलमिलाप केन्द्र स्थापना, मेलमिलापकर्ताको सुचिकृत लगायतका बारेमा जानकारी गराउनुभयो ।

 

पोखरा महानगरको न्यायिक समितिको अध्ययन अवलोकनका लागि आउनुभएको थियो । भेटमा पोखरा महानगर न्यायिक समितिका सदस्य भावना श्रेष्ठ र समितिका अभिलेख संरक्षक राममणी अधिकारी सहभागी हुनुहुन्थ्यो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...