अनलाइन पत्रकार संघ गण्डकीकाे अधिबेशन सुरु

पाेखरा, चैत ६ गते ।अनलाइन पत्रकार संघ गण्डकीकाे दाेश्राे अधिवेशन सुरु भएकाे छ । अधिवेशनकाे उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरे ।

 

उद्घाटनपछि बाेल्दै मुख्यमन्त्री अधिकारीले आमसञ्चार विधेयकका विषयमा धेरै छलफल भएका छन ।राष्ट्र प्रमुखलाई अपमान गरेकाे बताए ।

 

 

साझा सुचिका कानुन बनेको छैन उनले भने बनाउन कुनै पनि प्रधानमन्त्री तयार भएनन् । उनले नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पँगेनीले पत्रकारिता क्षेत्र माथि प्रहार भैरहेकाे बताउदै सुचना प्रवाहकाे भरिया भएकाे बताईन ।

 

 

उनले पत्रकारमाथि भैरहेका प्रहार खेद जनक रहेकाे बताइन ।नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका महासचिव गाेविन्द सुवेदी पत्रकारिता साझा दृष्टिकोण प्रस्तुत गर्ने क्षेत्र भएकाे बताए ।

 

 

नेपाली आन्दोलन सफल बनाउने सहयात्री पत्रकारकाे घाँटी अठ्याउने काम भै रहेकाे बताउदै पत्रकार मैत्री सञ्चार विधेयक ल्याउन आग्रह गरे । पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीले अनलाइनकाे व्यवस्थित गर्नुपर्ने खाँचो भएकाे बताइन ।

 

 

पत्रकारमाथि लाग्ने आक्षेप लाग्नु खेदजनक भएकाे समेत बताइन ।पत्रकार महासंघ कास्कीका पुर्वअध्यक्ष दिपेन्द्र श्रेष्ठ, प्रेस युनियन गण्डकी प्रदेशमा महासचिव प्रकाश ढकाल लगायते बाेलेका थिए ।उद्घाटन कार्यक्रम अध्यक्ष कमल सुवेदीको अध्यक्षतामा भएकाे थियाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...