मिष्टर पोखराको उपाधि निश्चल केसीलाई

पाेखरा, चैत १० गते ।एनएफबीएफ सिटी जिम दोस्रो मिष्टर पोखराको उपाधि निश्चल केसीले जितेका छन् । ७५ केजी तौल समूहमा विजेता भएको उनले ओभरअल प्रतिस्पर्धामा अन्य पाँच प्रतिस्पर्धीलाई पन्छाउँदै दोस्रो मिष्टर पोखरा बन्न सफल भएका हुन् ।

कस्की बडिल्डिङ तथा फिटनेस एशोसियसनको आयोजनामा पोखराको सभागृह हलमा भएको प्रतियोगितामा पोखरा २ मिरुवास्थित मोन्ष्टर जिमका केसी च्याम्पियन बन्दै नगद १ लाख ५० हजार रुपैयाँ प्राप्त गरे । उनले आफनो तौल समूहमा समेत प्रथम हुदैं नगद २० हजार रुपैयाँ प्राप्त गरेका थिए ।

 

 

गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिमका शारीरिक सुगठनका खेलाडीहरुको प्रतिस्पर्धा रहेको प्रतियोगिताको ५५ केजी तौल समूहमा अमित रोका क्षेत्री प्रथम, रोहित श्रेष्ठ दोस्रो र आकाश गुरुङ तेस्रो भएका थिए । त्यसैगरी ६० केजी तौल समूहको प्रतिस्पर्धामा सुनिल आले प्रथम हुदैं ओभरअल प्रतिस्पर्धामा उक्लिए । जलबहादुर क्षत्री दोस्रो र सामुअल गुरुङ तेस्रो भएका थिए ।

 

 

६५ केजी तौल समूहमा नवराज डुम्रे प्रथम भए । त्यस्तै कपिल घलान दोस्रो र भानुभक्त कटरिया तेस्रो भए । ७० केजी तौल समूहमा यमन्तराज गुरुङ, सन्जीब पुन र गौतम राना क्रमश प्रथम, दोस्रो र तेस्रो भए । ७५ केजी तौल समूहमा निश्चल केसी प्रथम, सुरज विक दोस्रो र कृष्ण भण्डारी तेस्रो भएका थिए ।

 

 

त्यसैगरी ७५ केजी माथिको तौल समूहको प्रतिस्पर्धामा सन्तोष श्रेष्ठ प्रथम, कुशलप्रसाद गुरुङ दोस्रो र दिनेश थापा तेस्रो भए । तौल समूह अन्गर्तत प्रथम, दोस्रो र तेस्रोले क्रमश २०, १२ र ७ हजार रुपैयाँ प्राप्त गरे ।

मेन्स फिजिक्स १७० सेमी प्लस तर्फको प्रतिस्पर्धामा सिजन गुरुङ च्याम्पियन बने । सविन गुरुङ दोस्रो र विभान गौतम तेस्रो भए । त्यस्तै मेन्स फिजिक्स १७० सेमी मुनिको प्रतिस्पर्धामा सुमित सेन ठकुरी च्याम्पियन बन्दा सुरेश गुरुङ दोस्रो र अनिल गुरुङ तेस्रो भए । प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमश २५, १२ र ७ हजार रुपैयाँ नगद प्राप्त गरे ।

 

 

महिला तर्फको वुमन्स वेलनेस प्रतिस्पर्धामा विनु जिटी प्रथम हुदाँ सुर्खेतकी रविना कुँवर दोस्रो बनिन् । उनीहरुले क्रमश २५ र १२ हजार रुपैयाँ प्राप्त गरे । प्रतियोगितामा चार प्रदेशका गरी ६५ जना खेलाडीले विभिन्न तौल समूहमा प्रतिस्पर्धा गरेको एशोसियसनका उपाध्यक्ष दिपक बास्तोलाले जानकारी दिए । प्रतियोगितालाई सिटी जिम पोखराले मुख्य प्रायोजन गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...