एमाले पाेखरा १९ काे रक्तदानमा ४४ युनिट रगत संकलन

पाेखरा, चैत ११ गते ।नेकपा एमाले पोखरा १९ को आयोजनामा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएकाे छ ।

रक्तदान कार्यक्रममा ४४ युनिट रगत संकलन भएकाे छ ।नेकपा एमालेले सञ्चालन गरिरहेको मिसन ग्रास  रुट अभियान अन्तर्गत रक्तदान कार्यक्रम आयाेजना गरिएकाे हाे ।

 

 

कार्यक्रमकाे उद्घाटन प्रतिनिधि सभा सदस्य दामाेदर पाैडेल(बैरागी) पहिलाे रक्तदाता अनुषा पहारी पाैडेललाई ब्लड ब्याग हस्तान्तरण गरेर गरे । (रक्तदान जिवनदान भन्ने  मुल नारा सहित गरिएकाे रक्तदान कार्यक्रममा बाेेल्दै सांसद बैरागीले रक्तदान सबैभन्दा ठुलाे दान भएकाे बताए ।उनले खेर जाने रगतदान बाट अरुकाे ज्यान बच्ने भएकाले याे महत्त्वपूर्ण रहेकाे बताए ।

 

कार्यक्रममा एमाले गण्डकी  प्रदेश कमिटीका कार्यलय सचिव माधव बास्तोला, सचिवालय सदस्य दिपक पौडेल सन्जीव वहादुर कोइराला, उमनाथ गौतम, एमाले  जिल्ला कमिटी  सदस्य सुरेन्द्रमानसिहं भन्डारी, अर्जुन अधिकारी,  माहानगर कमिटीका कृष्ण गौतम , लक्ष्मी अधिकारी शेखर गौतम, वडा नम्बर १९ का वडा सदस्य  विकास आचार्य,  नवराज केसी,  दुर्गा बस्नेत, कल्पना सुनार लगायते बाेलेका थिए ।

 

 

कार्यक्रममा पार्टी, युवा क्लव, बिभिन्न सघं सस्था अनेम सघं, युवा सघं , अनेरास्ववियु लगायतको उपस्थितिमा सम्पन भएकाे एमाले १९ का सचिव विकास गाैतमले जानकारी दिए । एमनले पाेखरा १९ का अध्यक्ष  बिष्णु गौतमकाे अध्यक्षतामा भएकाे   थियो भने कार्यक्रम संन्चालन सचिब बिकास गौतमले गरेका थिए । प्राविधिक सहयोग  रक्तसन्चार केन्द्र र नेपाल रेडक्रस गण्डकी प्रदेशले गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...