अल्पमतमा परेका मुख्यमन्त्री अधिकारीलाई मार्ग प्रशस्त गर्न काँग्रेसकाे सुझाव

पाेखरा, चैत ११ गते ।माओवादी केन्द्रले  गण्डकी सरकारबाट समर्थन फिर्ता  लिएर सरकारबाट बाहिरिएसँगै नेपाली काँग्रेसले स्वागत गरेकाे छ ।

माओवादीले समर्थन फिर्ता लिएकाे भाेलिपल्ट आज शनिबार प्रदेश सभा काँग्रेस संसदीय दलकाे कार्यालयमा पत्रकार सम्मेलन गरेर राष्ट्रिय राजनीतिकाे मर्म र भावना अनुसार नै समर्थन फिर्ता लिएकाे भन्दै स्वागत गरेकाे हाे ।नेपाली काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले बहुमत गुमाइसकेकाले कामचलाउ सरकारले दुरगामी प्रकृृतिका निर्णय नलिन सरकारकाे ध्यानाकर्षण गराए ।

 

 

उनले दुरगामी प्रकृतिका निर्णय नलिन र कार्यान्वयन नगर्न म सरकारकाे ध्यानाकर्षण गराउन चाहन्छु पत्रकार सम्मेलनमा भने, अल्लपमतमा परेकाे र बहुमत जुटाउने सम्भावना नरहेकाले जतिसक्दो छिटाे मार्ग प्रशस्त गर्न आग्रह गरेका छन ।मार्ग प्रशस्त गर्नु नै प्राकृतिक हुनेछ उनले भने, प्रदेहकाे हितमा हुने छ ।

 

 

उनले कामचलाउ सरकारले आर्थिक दायित्व सिर्जना गर्ने, कर्मचारी नियुक्ति, सुरुवाबढुवा लगायतकाे काम गर्नु न्याय संगत नमानिने भन्दै यसरी गरेका निर्णयबाट भविष्यमा प्रदेशलाई आर्थिक लगायतका दायित्व सिर्जना भए त्यसकाे दायित्व नयाँ सरकारले लिन बाध्य नहुने चेतावनी समेत पाण्डेले दिएका छन ।

 

 

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी अल्पमतमा परेका छन् । शुक्रबार माओवादीले समर्थन फिर्ता लिएसँगै अब मुख्यमन्त्री अधिकारीले ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्छ ।

 

 

राजनीतिमा कुनै उथलपुथल नभए अब वैशाख १० भित्र गण्डकी प्रदेशले नयाँ मुख्यमन्त्री पाउने छ । मुख्यमन्त्री अधिकारीले विश्वासको मत पाउने अवस्था नभएकाले संविधानको धारा १६८(३) अनुसार ठूलो दलको नेताको हैसियतले कांग्रेस दलका नेता सुरेन्द्रराज पाण्डे स्वतः मुख्यमन्त्री बन्ने छन् ।

 

 

‘वेटिङ मुख्यमन्त्री’ पाण्डे हालका मुख्यमन्त्री अधिकारीले मार्गप्रशस्त गर्नुपर्ने बताउँछन् । कांग्रेसले शनिबार पत्रकार सम्मलेन गरेर माओवादी बाहिरिएसँगै सरकार अल्पमतमा परेको र विश्वासको मत पाउने सम्भावना नभएको भन्दै अधिकारीलाई मार्ग प्रशस्त गर्न सुझाएको छ ।

 

 

‘अल्पमतमा परेको र बहुमत जुटाउने सम्भावना पनि नरहेको अवस्थामा जतिसक्दो छिटो मार्गप्रशस्त गर्नु नै प्राकृतिक हुनेछ, प्रदेशको हितमा हुनेछ,’ पाण्डेले भने । कामचलाउ सरकार भएकाले आर्थिक दायित्व थुपार्ने, सरुवा–बढुवाका काम नगर्न मुख्यमन्त्री अधिकारीलाई पाण्डेको सुझाव छ ।

 

 

गण्डकीमा कांग्रेसका २७, एमालेका २२, माओवादीका ७ (सभामुखबाहेक), राप्रपाका २ र एकजना एकीकृत समाजवादी प्रवेश गरेका स्वतन्त्र निर्वाचित सांसद छन् । ६० सदस्यीय प्रदेशसभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ । तर एमाले र राप्रपाका गरेर अहिले मुख्यमन्त्रीलाई २४ जनाको साथ छ ।

 

 

राप्रपाले पनि १३ फागुनमा संघ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । निर्णय भए पनि पछि पार्टी नेतृत्वले एमालेले नेतृत्व गरेको प्रदेशमा तत्काल फिर्ता नलिने निर्देशन दिएपछि राप्रपाले मुख्यमन्त्रीलाई दिएको समर्थन फिर्ता लिएको थिएन ।

 

 

माओवादीले गत २५ पुसमा सरकार गठन गर्दा र २९ पुसमा मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत लिँदा साथ दिएको थियो । राष्ट्रपति निर्वाचनमा केन्द्रमा समीकरण फेरिएसँगै एमाले नेताले नेतृत्व गरेको प्रदेश सरकारबाट माओवादी बाहिरिएको हो ।

 

 

सरकारमा संलग्न माओवादीका दुई जना मन्त्रीले मुख्यमन्त्री अधिकारीसमक्ष शुक्रबार साँझ राजीनामा बुझाएका छन् । माओवादी दल नेता एवं भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री हरिबहादुर चुमान र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रेशमबहादुर जुग्जालीले शुक्रबार राजीनामा दिएका हुन् ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...