होटल व्यवसायी महासंघ गण्डकीको महाधिवेशन पोखरामा

पाेखरा, चैत २४ गते ।होटल व्यवसायी महासंघ गण्डकीको पहिलो महाधिवेशन पोखरामा हुने भएको छ ।

चैत २५ र २६ गते पोखरामा महाधिवेशन हुने महासंघका अध्यक्ष अर्जुन चोखाल बिहीबार पाेखरामा आयाेजित पत्रकार सम्मेलनमा  जानकारी दिए । उनका अनुसार अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।

 

महाधिवेशनले आगामी ३ वर्षका लागि नयाँ नेतृत्व चयन गर्नेछ ।गण्डकीका ११ जिल्ला र स्थानीय तह इकाइका गरि  १२० प्रतिनिधि महाधिवेशनमा सहभागी हुने चोखालले बताए । महासंघमा होटल रेष्टुरेन्टसँग सम्बन्धित १५ संस्था आबद्ध रहेकाे बताएकाे छ ।

 

महाधिवेशन सम्पन्न गर्न करिव १२ लाख खर्च लाग्ने बताएकाे छ ।महाधिवेशन उद्घाटन अधि पाेखराकाे चिप्लेढुंगाबाट प्रभातफेरी आयाेजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

 

 

महासंघको तथ्याङ्क अनुसार गण्डकीमा ६ हजार ५० होटल सञ्चालनमा छ । ५४ हजार बढीले रोजगारी पाएको अनुमान छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...