नर्सिङ्ग होमको निःशुल्क स्वास्थ्य शिबिर, ७ सय बढीको स्वास्थ्य परिक्षण

पोखरा । पद्म नर्सिङ्ग होम प्रा.लि. पोखरा –३, नदिपुरले शनिबार स्याङ्जाको आँघिखोलामा निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न गरेको छ ।

बिचारी चौतारा पोखरा बिकास समाजको आयोजना, आँधिखोला गाउँपालिका वडा नम्बर ३ को स्थानीय ब्यवस्थापन र पद्म नर्सिङ्ग होम प्रा.लि.को प्राबिधिक सहयोगमा आँधिखोला गाउँपालिका वडा नम्बर ३ बिचारी चौतारा, पुवाडाँडामा अबस्थित श्री राष्ट्रिय माध्यमिक विद्यालयको प्राङ्गणमा एक दिने निःशुल्क स्वास्थ्य शिबिर सम्पन्न भएको हो ।

 

 

निःशुल्क स्वास्थ्य शिबिरमा ७ सय भन्दा धेरैको स्वास्थ्य परिक्षण गरिएको पद्म नर्सिङ्ग होम प्रा.लि.का प्रबन्ध निर्देशक नरेन्द्र बास्तोला जानकारी दिनुभयो ।बास्तोलाका अनुसार शिबिरमा २ सय ७ जना जनरल मेडिसिन सम्बन्धि, १ सय ८३ जना हाडजोर्नी तथा नसारोग सम्बन्धि, १ सय ७९ जना आँखा सम्बन्धि, ६५ जना स्त्रीरोग सम्बन्धि, ५२ जना नाक कान घाँटी रोग सम्बन्धि र ३५ जना बालरोग सम्बन्धि बिरामीहरुको नि ःशुल्क स्वास्थ्य परिक्षण गरिएको छ ।

 

 

शिबिरमा १ सय ३० जनाको भिडियोएक्सरे, १ सय ३८ जनाको ल्याब परिक्षण, ६५ जनाको मुटुको इसिजी गरिएको थियो भने बिरामीहरूका लागि आवश्यक औसधि समेत निः शुल्क बितरण गरिएको नर्सिङ्ग होमले जनाएको छ ।

 

 

शिबिरमा बरिस्ठ नेत्ररोग विशेषज्ञ प्रा. डाक्टर सचेत प्रभात श्रेष्ठ, बरिस्ठ रेडियोलोजिष्ट डाक्टर कालु शर्मा सुबेदी, बरिस्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कुलदिप नारायण अग्रहरी, बरिस्ठ बालरोग विशेषज्ञ डाक्टर रामचन्द्र बास्तोला, बालरोग विशेषज्ञ डाक्टर राजन पौडेल, फिजिसियन डाक्टर सुदर्शन सुवेदी, बाल दन्तरोग विशेषज्ञ डाक्टर भावना सिग्देल, नेत्ररोग विशेषज्ञ डाक्टर जोत्सना शर्मा सुबेदी, डाक्टर हरी भुसाल, डाक्टर निभा अमात्य, स्वास्थ्यकर्मीहरु रजनी पालिखे, रिता भट्टराई, जितेन्द्र पौडेल, सन्तोष अधिकारी लगायतको टिमले बिरामीको स्वास्थ्य परिक्षण गराएका थिए ।

 

स्वास्थ्य शिबिर कार्यक्रमको शुभारम्भ गर्दै प्रमुख अतिथी आँधिखोला गाउँपालिकाका प्रमुख बिश्वनाथ पौडेलले स्वास्थ्य संस्थाहरु आफ्नो सेवा लिएर गाउँ गाउँमा पुग्नु पर्नेमा जोड दिदै पद्म नर्सिङ्ग होम प्रा.लि. नदिपुरको प्रयास उदारणिय रहेको बताउनुभयो ।

 

 

पद्म नर्सिङ्ग होम प्रा. लि. पोखरा –३, नदिपुरका प्रबन्ध निर्देशक नरेन्द्र बास्तोलाले स्वास्थ्य संस्थाहरुको उत्तरदायित्व नाफामुलक मात्रै नभएकोले सेवा भावलाई अगाडि बढाउन आफ्नो संस्था तयार रहेको भन्दै गाउँ घरका दुरदराजमा रहेका जनता सम्म स्वास्थ्य सेवाको पहुँच पुर्याउन आफुहरु प्रयासरत रहने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।उहाँले यस निःशुल्क स्वास्थ्य शिबिरमा सेवा लिएका र थप उपचार गर्नुपर्ने अवस्था देखिएका बिरामीहरूलाई पोखरा –३ नदिपुर स्थिति पद्म नर्सिङ्ग होम प्रा.लि.बाट विशेष छुटका साथ थप उपचार गराउने समेत बताउनुभयो ।

 

बिचारी चौतारा समाज पोखराका अध्यक्ष बम बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा आँधिखोला गाउँपालिकाका उपाध्यक्ष सीता थापा, गाउँपालिकाका कार्यकारी अधिकृत युवराज अधिकारी, आँधिखोला गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष शेर बहादुर कार्की लगायतले आफ्ना भनाई राख्नु भएको थियो । बिचारी चौतारा समाज पोखराका उपाध्यक्ष उमाकान्त पौडेलले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन समाजका सचीव माधब क्षेत्रीले गर्नुभएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...