मन्टेश्वरी एशोसियसन कास्कीद्वारा नव बर्षको भितेपात्रो विमोचन

पाेखरा, चैत २७ गते ।मन्टेश्वरी एशोसियसन कास्कीले नव बर्ष २०८० सालको भितेपात्रो विमोचन सँगै शुभ-कामना कार्य सम्पन्न गरेको छ ।


पोखरा चिप्लेढुङ्गाको देउराली होटलमा भएको कार्यक्रममा प्रमुख अतिथि पोखरा शिक्षा महाशाखाका शिक्षा अधिकृत रामप्रसाद तिवारीले गर्नु भएको थियो भने संस्थापक अध्यक्ष अरुना शेरचन, निवर्तमान अध्यक्ष मिलन के.मी सल्लाहकार भवानी अधिकारीले अतिथिको आतिथ्यता गर्नुभएको थियो ।

संस्थाका कार्यसमिति र संस्थापक, प्रीन्सिपलको सहभागीता रहेको थियो भने संस्थाका अध्यक्ष शाल्भी वास्तोला मर्सानीले स्वागत मन्तब्य गर्दै कार्यक्रमको अध्यक्षता गर्नु भएको थियो ।

 

 

प्रमुख अतिथि तिवारीले शिक्षा महाशाखा संस्थालाई सकारात्मक सल्लाह संगै शिक्षा संग सम्बन्धित गतिविधिमा सहभागिता रहनेको कुरामा जोड दिदै नव बर्षको शुभ-कामना दिनुभयो । संस्थापक अध्यक्ष शेरचनले भित्तेपात्रोमा उल्लेख भए अनुसार पालन गर्नुपर्ने कुरा राख्दै एशोसियसन सामाजिक उत्तरदायित्व पूरा गरेको भन्ने भनाई राख्नु भयो भने निवर्तमान अध्यक्ष के सी ले संस्थाको भूमिका बारे प्रकाश पार्नु भएको थियो ।

 

भित्तेपात्रो संयोजन तथा कार्यक्रम संयोजक खेमबहादुर क्षेत्री गर्नुभएको थियो भने कार्यक्रम संचालन संस्थाका सचिव जनार्दन सुवेदीले गर्नुभएको थोयो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...