नेशनले ल्याए ‘चैतको डढेलो’

पोखरा । गायक नेशन पुनको नयाँ गीत ‘चैतको डढेलो’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । उनले पोखराबाट गीतको भिडियो सार्वजनिक गरेका हुन् ।डिजिटल बजारमा नेशनको युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो ।


गीतमा डेकेन्द्र श्रेष्ठको शब्द र श्याम महर्जनको संगीत छ । विशन थापाले निर्देशन गरेको भिडियोमा नेशनसँगै सुष्मी पुन फिचर्ड छन् । म्याग्दीको घोरेपानी क्षेत्रमा छायांकन भएको भिडियोमा त्यहाँको जीवनशैली उतारिएको छ ।

‘उता भने चैतको डढेलोले वन खायो
यता भने तिम्रै पिरतीले मन खायो…’

गीतमा तामाङ सेलो र रक फ्युजन गरिएको छ । ‘चैतको डढेलो’ बाछ आशावादी रहेको नेशन बताउँछन् । उनी भन्छन्, ‘अहिलेको ट्रेन्डमा यस्ता खालका गीत हराइसक्यो । तामाङ सेलो र रकको फ्युजन भएकाले रुचाउनुहुनेछ ।’नेशन नेपाल आइडलको उत्कृष्ट ५ मा पर्न सफल भएका थिए । त्यसपछि उनको सांगीतिक करियर उकालो लागेको हो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...