गण्डकी प्रज्ञा साहित्य सम्मान महाकाव्यकार जनार्दनशरण त्रिपाठीलाई अर्पण 

पोखरा, वैशाख ८ गते ।गण्डकी प्रज्ञा साहित्य सम्मान २०७९ बाट महाकाव्यकार जनार्दनशरण त्रिपाठी सम्मानित भएका छन् । शुक्रबार उनकै निवासमा आयोजित कार्यक्रमकाबिच गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सम्मान अर्पण गरें ।


प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस बैशाख १५ गते विशेष कार्यक्रमबिच सम्मान हस्तान्तरण गर्न खोजिएको भएपनि श्रष्टा त्रिपाठीको अस्वस्थताको कारण उनको घरमा गएर पुरस्कार अर्पण गरिएको गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जनाए ।

 

कार्यक्रममा बोल्दै मुख्यमन्त्री अधिकारीले त्रिपाठीले साहित्यको क्षेत्रमा पुर्‍याएको योगदानको चर्चा गरें । उनका सृजनाहरूले साहित्यमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउदै ती सृजनाहरूमा सिंगो साहित्य जगतले गर्व गरेको बताए।

 

 

प्रतिष्ठानका कुलपति सूर्य खड़का बिखर्चीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपकुलपति गोरे गुरुङ, पुरस्कारको बारेमा जानकारी  सदस्य सचिव मन कुमार श्रेष्ठ तथा कार्यक्रम संचालन प्राज्ञ कृष्ण प्रसाद पौड़ेलले गरेका थिए ।

 

 

सम्मानित श्रष्टा त्रिपाठीको बायोग्राफी निर्माण कार्य यथाशीघ्र  गरीप्रतिष्ठानको वेभसाइट र यूट्यूबमा राखेर उनको योगदान र  जीवनीलाई विश्वब्यापी बनाउने प्रतिष्ठानको तयारी छ ।

 

दोस्रो वार्षिकोत्सबको अवसरमा वितरण गर्ने तय भएका गण्डकी प्रज्ञा साहित्य पुरस्कार, गण्डकी प्रज्ञा संगीत सम्मान, गण्डकी प्रज्ञा कला सम्मान, गण्डकी प्रज्ञा संस्कृति सम्मान, गण्डकी प्रज्ञा नारी सम्मान, गण्डकी प्रज्ञा युवा सम्मान  भने गण्डकी प्रज्ञा प्रतिष्ठानको स्थापना दिवस बैशाख १५ गते प्रज्ञा प्रतिष्ठानको भानु सभाहलमा विशेष कार्यक्रम बीच अर्पण गरिने सदस्य सचिव श्रेष्ठले बताए ।
सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...