एघारौ पोखरा महोत्सवबाट करिव १५ लाख बचत

मुस्ताङ ।सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले उपल्लो मुस्ताङको छोसेर गाँउमा पुगी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ ।

गुफै गुफाको गाँउले परिचित उपल्लो मुस्ताङको लोमान्थाङ गाँउपालिका वडा नम्बर २ मा रहेको छोसेर गाँउमा पुगेर युनाइटेड क्लबले वार्षिकोत्सव मनाएको हो ।

 

 

सो अवसरमा वोल्दै प्रमुख अतिथि लोमान्थाङ गाँउपालिका वडा नम्बर २ का अध्यक्ष कर्मा नामग्याल गुरुङले पर्यटन र सामाजिक क्षेत्रमा काम गर्दै आएको पोखरामा रहेको युनाइटेड क्लबले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गुफै गुफाको गाँउ छोसेरमा आएर आफ्नो वार्षिकोत्सव मनाएकोमा धन्यवाद ब्यक्त गरे ।

 

 

छोसेर गाँउ पछिल्लो समय गुफा गाँउले परिचित भइरहेको सन्दर्भमा पोखरामा रहेर पर्यटन प्रवद्र्धनको क्षेत्रमा समेत काम गर्दै आएको युनाइटेड क्लबले आफ्नो वडामा रहेको छोसेर गाँउमा आइपुगेर कार्यक्रम गरिरहदा आफु निकै हर्षित रहेको वताउदै युनाइटेड क्लवको प्रगतिको कामना समेत गरे ।

 

 

दशौं महोत्सव सम्म आइपुग्दा ५८ लाख ८५ हजार पोखरा जुलोजिकल पार्क निर्माणका लागि प्रदान गरिसकेको बताउदै क्लबका अध्यक्ष राजु श्रेष्ठले पोखरा जुलोजिकल पार्क प्रदेश सरकारले प्रदेश गौरवको योजनामा पारी पञ्चवर्षिय योजनामा पारी २८ करोड भन्दा बढी बजेट बिनियोजन गरी जिल्ला डिभिजन बन कार्यालय कास्की र चिडियाखाना निर्माण समिति मार्फत निर्माणकार्य अगाडी बढेकाले एघारौं पोखरा महोत्सवबाट चिडियाखाना निर्माणका लागी क्लवले कुनैपनि रकम नछुट्याइएको बताए ।

 

 

पर्यटन प्रवद्र्धनका लागी छुट्याइदै आएको उक्त रकम एघारौं पोखरा महोत्सव देखी पर्यटन प्रवद्र्धन (सेती खोंच एक शाहसिक पर्यटकीय गन्तब्य)का लागी छुट्याइने बताउदै हरेक महोत्सवमा पोखराको बीच भागबाट बग्ने सेती नदी संरक्षणका लागि महोत्सवको प्रत्येक टिकटबाट एक रुपैया छुट्याइदै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

 

 

युनाइटेड क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष सुकबहादुर गुरुङ लगायतले बोलेका थिएभने क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेकोका कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष गणेश तिमिल्सिनाले धन्यवाद मन्तब्य राखेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...