चलचित्र  हल्काराले प्राप्त गरेका अन्तराष्ट्रिय अवार्डहरु काठमाडौँमा हस्तान्तरण

काठमाडौँ १४ वैशाख ।चलचित्र हल्काराुका अभिनेता महेश त्रिपाठी र सिनेमाटोग्राफर चिन्तन राजभण्डारीलाई अमेरिकाको ुवर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभलुमा प्राप्त गरेको अवार्ड नेपालमा हस्तान्तरण गरिएको छ ।

गत बर्ष ५५औँ  वर्ल्डफेस्ट ह्युस्टन इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा यो चलचित्रले उत्कृष्ट चलचित्रसँगै उत्कृष्ट अभिनेता र उत्कृष्ट सिनेमाटोग्राफीको अवार्ड प्राप्त गरेको थियो । यो चलचित्र नेपालमा यहि बैशाख २९ गतेबाट प्रदर्शनमा आउँदैछ ।

 


बिहिबार अस्कर इन्टरनेशनल कलेजमा विद्यार्थीहरुसँग अन्तर्क्रियाको कार्यक्रम गर्दै अवार्ड प्रदान गरिएको हो । अस्कर कलेजका प्रिन्सिपल रामराजा दाहाल, सिनेमाटोग्राफर राजेश श्रेष्ठ, अस्कर कलेजका एकेडेमिक डिरेक्टर मनोजबाबु पन्त, एकेडेमिक कोअर्डिनेटर नवनिधि दाहाल र हल्काराुका निर्देशक विक्रम सापकोटाले त्रिपाठी र राजभण्डारीलाई अवार्ड हस्तान्तरण गरेका थिए ।

 

 

सो फेस्टिभलमा यो चलचित्रले उत्कृष्ट चलचित्रको अवार्ड पनि जितेको थियो । सो अवार्ड भने निर्देशक सापकोटाले फेस्टिभलमा नै पुगेर लिएका थिए । त्रिपाठी र राजभण्डारी नेपालमा नै रहेका कारण फेस्टिभलमा सहभागिता जनाउन पाएका थिएनन् । फेस्टिभलले दुवैजनाको अवार्ड हुलाकमार्फत नेपाल पठाएको थियो ।



अवार्ड प्राप्त गरेसँगै अभिनेता त्रिपाठीले स्तरिय काम गर्‍यौँ भने विश्वस्तरमा नै प्रतिस्पर्धा गरी सफल समेत हुन सक्छौँ भन्ने आत्मविश्वास पलाएको बताए । उनले भने, ूम धेरै महत्वाकांक्षी छैन तर काममा ुकन्फिडेन्सुको जरुरी छ । हामीले नेपालमा काम गरिरहेको कारण नेपालमा मात्र सफलता प्राप्त गर्नेमात्र नभई विश्वस्तरिय काम गर्न सक्छौँ भन्ने प्रमाण ुहल्कारा हो । त्यस्तै, सिनेमाटोग्राफर राजभण्डारीले यहाँसम्म पुग्ने सबैलाई धन्यवाद व्यक्त गरे ।



यो चलचित्र कालीपार स्टुडियो निर्माण र आइसफल प्रोडक्सनको सहकार्यमा बनेको हो । हरेक घरको कथा, प्रवासी युवक र उसलाई पर्खेर बस्ने एक नारीको कथा बोल्ने यो चलचित्रले अन्य केहि अन्तराष्ट्रिय महोत्सवहरुमा समेत सहभागिता जनाएको छ । नेपाल अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा ुबेस्ट लङ्ग न्यारेटिभ फिल्मु बनेको थियो भने फ्लिकर रोड आईल्याण्ड इन्टरनेशनल फिल्म फेस्टिभल २०२२ मा सेमी फाईनल सम्म पुगेको थियो । त्यस्तै, युकेको कार्माथान बे फिल्म फेस्टिभल २०२२ मा अफिसियल सेलेक्सन भएको थियो ।



महेश त्रिपाठी र बिनिता थापामगरको प्रमुख अभिनय गरेको यस चलचित्रका लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा हुन् । यसमा विप्लव प्रतीक र आकाश बरालले सह(लेखन गरेका छन् । महेश र बिनिताको साथमा शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, दीपक क्षेत्री ,रमेश तिमिल्सीना र दिल गुरङ लगायतको अभिनय रहेको छ ।

 


 यसमा ब्रुनो भ्यालेन्टीको ओरिजिनल म्यूजिक रहेको छ भने प्रोडक्सन साउण्ड ज्योती रानाको रहेको छ । कलरिस्ट लियोनार्डो क्यान्डियन हुन् । काठमाडौँ उपत्यकामा जिजिए ग्रुपले वितरण गर्ने यो चलचित्रको एफडी कम्पनीले वितरण गर्नेछ । ‘खल्ती डिजिटल वालेट’ टिकेटिङ्ग पार्टनरको रुपमा रहेको छ भने कम्युनिटी पार्टनर ‘नेपाली पात्रो’ रहेको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...