पाेखरा स्पाेटर्स अवार्ड :राेजिना, सावित्रा र सुस्मिताबिच उत्कृष्ट बन्ने होड

पोखरा, बैशाख १८ गते ।नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको सातौं संस्करणको पोखरा स्पोर्ट्स अवार्डमा वर्ष उत्कृष्ट खेलाडी महिलातर्फको उपाधि चुम्न तीनजना खेलाडीबिच प्रतिष्पर्धा हुने भएको छ । यसरी प्रतिष्पर्धा गर्नेमा आर्चरीकी रोजीना थापा मगर, फुटबलकी सावित्रा भण्डारी र आइटिएफ तेक्वान्दोकी सुस्मिता थापा मगर रहेका छन् ।

उत्कृष्ट तीनको मनोनयनमा परेका रोजीना र सुस्मिता बागलुङका हुन् भने सावित्रा लमजुङ जिल्लाकी हुन् । बैशाख २३ गते शनिबार दिउँसो २ बजेपछि पोखरा सभागृह हलमा आयोजना हुने अवार्ड कार्यक्रममा यो उपाधि हात पार्ने खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने आयोजक नेपाल खेलकुद पत्रकार मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।

 

 

यस अगाडि यो विधाको अवार्ड प्राप्त गर्ने खेलाडीमा भलिबलकी मञ्जु गुरुङ, सितेरियो कराँतेकी बिमला नेपाली, तेक्वान्दोकी पार्वती गुरुङ, कराँतेकी सुष्मी श्रेष्ठ रहेका छन् । भलिबलकी अरुणा शाहीले दुईपटकसम्म यो विधाको अवार्ड हात पारेकी थिइन् ।

 

रोजीना थापा मगर–आर्चरी

२०५९ सालमा जन्मिएकी रोजीना थापा मगरले २०७२ सालदेखि आर्चरी खेल्न सुरु गरेकी हुन । स्व.लक्ष्मण कुमार श्रेष्ठको स्मृतिमा ०७३ सालमा आयोजना गरिएको राष्ट्रिय आर्चरी प्रतियोगितामा स्वर्ण पदक हात पारेकी उनले ०७३ सालमै सम्पन्न सातौ राष्ट्रिय खेलकुदमा दुई स्वर्ण पदक हात पारेकी थिईन । ०७४ सालमा सम्पन्न स्व.लक्ष्मण कुमार श्रेष्ठको स्मृतिमा आयोजना गरिएको चौथो राष्टिय अर्चरीमा रजत पदक हात पारेकी थिइन् ।

 

 

उनले प्लस टु उत्तिर्ण गरेकी छन् । ०७४ सालमा सम्पन्न राखेप च्याम्पिएनशिपमा कास्य पदक हात पार्दै एशियन खेलका लागि छनौट भएकी थापाले सरकारले आवश्यक बजेटको व्यवस्था नगरिदिँदा प्रतियोगितामा सहभागि हुन भने पाईन्न ।

 

 

०७६ सालमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी उनले पदक हात पार्न भने सकिन्न । ०७९ सालमा सम्पन्न नवौ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई स्वर्ण हात पार्न सफल भईन । दोस्रो गण्डकी प्रदेश स्तरिय खुल्ला आर्चरी प्रतियोगितामा समेत उनले काँस्य पदक हात पारेकी थिइन् ।

 

सुस्मिता थापा मगर – आइटिएफ तेक्वान्दो

२०६० सालमा बाग्लुङमा जन्मिएकी सुस्मिता थापा मगर आइटिएफ तेक्वान्दो खेलाडी हुन् । हाल खेल व्यवस्थापनमा स्नातक तहमा अध्य्यनरत थापाले ०७४ सालदेखि खेल्न सुरु गरेकी हुन् । पहिलोपटक ०७६ मा सम्पन्न आठौ राष्ट्रिय खेलकुदमा सहभागी भएकी उनले एक स्वर्ण र दुई रजत पदक हात पार्न सफल भइन् । ०७७ मा सम्पन्न २० औ सिनियर राष्ट्रिय च्याम्पियनशिपमा सहभागी उनले तीन रजत हात पारेकी थिईन ।

 

 

०७८ मा भएको पहिलो गण्डकी प्रदेश स्तरिय तेक्वान्दो प्रतियोगितामा दुई स्वर्ण पटक हात पार्दै उत्कृष्ट खेलाडी घोषित भइन् । ०७९ मा सम्पन्न नवांै राष्ट्रिय खेलकुदमा एक स्वर्ण र एक रजत पदक हात पार्न सफल बनिन् ।ा

 

वित्रा भण्डारी –फुटबल

नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा २६ वर्षअघि लमजुङमा जन्मिएकी हुन । १२ वर्षको उमेरदेखि खेल्न सुरु गरेकी उनी फुटबल भन्दा अघि एथलेटिक्स र भलिबल खेलाडी हुन्् । उनले ०६९ मा भएको राष्ट्रपति रनिङ अन्र्तगत १०० मिटर दौडमा स्वर्ण जितेकी थिईन ।

 

 

२०७० सालबाट फुटबल खेल्न सुरु गरेकी उनले सोही वर्ष राष्ट्रिय टिममा डेब्यु गरिन् । सन २०१४ मा सम्पन्न साफ च्याम्पियनसिपमा उनले देशको प्रतिनिधित्व गदै पहिलो अन्तराष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर पाइन् । त्यसपछि हालसम्म गरि उनले देशको प्रतिनिििधत्व गदै एक दर्जन अन्तराष्ट्रिय प्रतियोगितामा सहभागीता जर्ना सकेकी छिन् ।

 

 

०७० सालमा विभागीय एपिएफ क्लबमा आवद्ध उनी हालसम्म सोही क्लबमा आवद्ध छिन् । उनी भारतको क्लवमा समेत आवद्ध रहदै विभिन्न प्रतियोगिताहरुमा सहभागी हुँदै आएकी छिन् ।

 

 

बैशाख २३ गते हुने अवार्ड कार्यक्रममा वर्ष खेलाडी महिला सहित वर्ष खेलाडी पुरुष, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिनेछ ।

 

 

वर्ष खेलाडी पुरुष र वर्ष खेलाडी महिला हुन सफल खेलाडीले टेल्जि नेपालको टाइगर इलेक्ट्रिक स्कुटर र ट्रफी हात पार्ने छन् ।

 

वर्ष उत्कृष्ट उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेल पत्रकार र वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लबतर्फका विजेताले नगद ३५ हजार रुपैयाँको साथमा ट्रफी पाउने छन्् ।

 

लाइफटाइम अचिभमेन्ट अवार्डको पुरस्कार सुपर मादी हाइड्रोपावर, उदीयमान खेलाडीको पुरस्कार सहारा क्लब पोखरा, उत्कृष्ट प्रशिक्षकको पुरस्कार ह्यूस्टन एजुकेसन, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब तर्फको पुरस्कार टाईगर गुप्र अफ पोखरा नेपाल तथा उत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौता भएको मञ्चका महासचिव पौडेलले जनाए ।

 

अवार्ड कार्यक्रमलाई सफल बनाउन विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भएको मञ्चले जनाएको छ ।

 

 

अवार्ड कार्यक्रमको थप आर्कषणको रुपमा कमेडी च्याम्पियनबाट चर्चामा आएका स्याङजाका मेक्सम गौडेलको स्ट्यान्ड अप कमेडी प्रस्तुती रहने मञ्चले जनाएको छ ।

 

 

यसैगरी भेटियो सान्नानी सोल्टिबजारमा गीतबाट थप चर्चामा आएका लोक दोहोरी गायक निश्चल दवाडीको गायन प्रस्तुती, हिमाली सांस्कृतिक परिवार तथा सारेगम कला केन्द्रको नृत्य प्रस्तुती, डेमोस्ट्रेसन लगायतले अवार्ड कार्यक्रममा थप रौनकता थप्नेछ । प्रवेश निःशुल्क रहेको कार्यक्रममा उपस्थित हुन सबैजनालाई आयोजक खेलकुद पत्रकार मञ्च गण्डकीले अनुरोध गरेको छ ।

 

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...