पाेखरा महानगर भलिबल संघकाे अध्यक्षमा लामिछाने

पाेखरा,बैशाख २० गते ।पाेखरा महानगरपालिका भलिबल संघकाे प्रथम साधारणसभा तथा प्रथम अधिवेशन बुधबार सम्पन्न भएकाे छ ।

पाेखरामा सम्पन्न अधिवेशनले रामबहादुर लामिछानेकाे अध्यक्षतामा सात सदस्यीय महानगर भलिबल संघ सर्वसम्मत चयन गरेकाे छ ।

 

 

संघकाे उपाध्यक्षमा बलबहादुर श्रेष्ठ,सचिव युवराज गुरुङ, काेषाध्यक्ष साेविन गुरुङ चयन भएका छन ।सदस्यहरुमा लिलबहादुर गुरुङ, प्रेेम पुन, परिवेश रेग्मी चयन भएका छन ।

 

 

अधिवेशनकाे उद्घाटन पाेखरा महानगरका प्रवत्ता माेतिलाल तिमिल्सिनाले गरेका थिए । उनले  खेलकुदकाे महत्त्व बुझन नसकेकाे बताए ।उनले पछिल्लो समय खेलकुदप्रती माेह बढदै गएकाे बताउदै भलिबल ग्रामीण भेगमा मात्रै सिमित भएकाे आभाष देखिएकाे बताए ।

 

 

उनले सहरी क्षेत्रमा भलिबल कम हुदै गएकाे बताए ।उनले भलिबल गठनसंगै महानगरका सबै वडामा खेलाडी उत्पादन गर्ने याेजना सहित संघले काम  गर्ने विश्वास ब्यत्त गरे ।

 

 

उनले पाेखरालाई खेलकुदकाे सहरका रुपमा स्थापित गर्नुपर्ने बताए  ।नवाै खेलकुदले पाेखराकाे पहिचान गराएकाे बताउदै उनले खेलाडी  पलायन हुन नदिन ध्यान दिनुपर्ने बताए ।  खेलाडी पलाएन भए परिणाम सकरात्मक आउन सक्दैन उनले भने ।

 

 

नवनिर्वाचित समितिलाई पाेखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दिपकबहादुर गाेदार, सदस्यसचिव सुवाष खड्का लगायतले शुभकामना ब्यत्त गरेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...