पाेखरा २२ का २७ किसानलाई हाते ट्याक्टर

पाेखरा, बैशाख ३० गते ।पाेखरा महानगरपालिका वडा नम्बर २२ का किसानलाई हाते ट्याक्टर वितरण गरेकाे छ ।

वडा कार्यालयले विनियोजन गरेकाे ५ लाख रुपैयाँ र किसानकाे ५० प्रतिशत लगानीमा २७ जना किसानलाई ट्याक्टर वितरण गरेकाे हाे ।

 

 

 

वडाभित्रका किसानलाई कृषिमा प्राेेत्साहन गर्ने उदेश्यले ट्याक्टर वितरण गरेकाे हाे ।किसानलाई ट्याक्टर हस्तान्तरण कार्यक्रममा बाेल्दै वडा अध्यक्ष हिमलाल बरालले ७२ जना किसानले निवेदन दिएकाे   तर २७ जनालाई  मात्र वितरण गरिएको बताए ।

 

 

उनले अनुदान बाट पाएकाे ट्याक्टरले छिमेकीको जग्ङ पनि जाेत्नु पर्ने बताए । पारिश्रमिक लिएर  जग्गा बाझाे हुन नदिनहु छिमेकीको जग्गा पनि जाेत्नुपर्छ भन्दङ किसानकाे जिवनमा आर्थिक रुपमा परिवर्तन हुनुपर्ने बताए  ।

 

 

उनले व्यवसायक बन्नुपर्छ ।अनुदान मात्रै मागेर हुँदैन मेहनती, इमानदार भएर आर्थिक रुपमा सक्षम हुनुपर्नेमा जाेड दिए । अध्यक्ष बरालले  ट्याक्टर लैजानेले जग्गा बाझाे राख्न  नपाईने बताउदै  अनुगमनमा गलत देखिए  फिर्ता ल्याउने चेतावनी दिए ।

 

 

पाेखरा महानगर कृषि महाशाखा प्रमुख मनहर  कडरीयाले किसानको  लागत कम र काम गर्न यान्त्रिक करण गर्न ट्याक्टर वितरण गरिएको बताए । उनले अनुदानकाे  ट्याक्टर सबैले प्रयाेग गर्न पाउनु पर्ने बताए । उत्पादनमा  प्रयाेग हनुपर्ने र  दुरुपयोग नगर्न किसानलाई आग्रह गरे ।

 

 

कार्यक्रममा वडा कृषि सञ्जालका सल्लाहकार  देवीलाल बराल, सल्लाहकार खेमराज बराल,महेन्द्रराज बास्ताेला, काैसल बस्नेत, वडा नम्बर २२ का वडा सदस्य कृष्णकुमारी पाैडेल, वडा सदस्य संजिव गुरुङ लगायतले बाेलेका थिए ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...