सहकारीका समस्या समाधानका लागि एकतावद्ध बनौ:जिसी

पर्वत, जेठ १ गते ।राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा जिल्ला सहकारी संघ लिमिटेड बागलुङका अध्यक्ष हुमा कुमारी जि.सी.(अञ्जु)ले सहकारीमा आउन सक्ने समस्या समाधानका लागि एकतावद्ध प्रयास थाल्न सहकारीकर्मीहरुलाई आव्हान गर्नु भएको छ ।

राष्ट्रिय सहकारी बैंक लिमिटेड बागलुङ शाखाले जिल्ला सहकारी संघ लिमिटेड पर्वतसंगको सहकार्यमा सोमबार कुश्मामा आयोजना गरेको सहकारीमा कोषाध्यक्षको भूमिका विषयक लघु गोष्ठीमा बोल्दै जिसीले यस्तो बताउनु भएको हो ।

 

 

यतिबेला सहकारीमा चौतर्फी आक्रमण भइरहेको छ, केही सहकारीमा देखिएका समस्यालाई उचालेर समग्र सहकारी अभियानलाई कमजोर बनाउने प्रयत्न भइरहेको छ भन्दै उहाँले सहकारीमा आउन सक्ने सबै खाले समस्या समाधानका लागि सबै सहकारीकर्मीहरु एकतावद्ध भएर लाग्नु पर्नेमा जोड दिनुभयो ।

 

 

सहकारीका समस्या समाधानका लागि महासंघको अगुवाई सञ्चालन भइरहेका कार्यक्रमहरुका बारेमा जानकारी गराउदै उहाँले आवश्यक पर्दा सडक संघर्षका लागि समेत तयार रहन सहकारीकर्मीहरुलाई आव्हान गर्नु भयो ।

 

गोष्ठीको उद्देश्यका बारेमा सहजीकरण गर्दै बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले सहकारीमा सञ्चालक समितिका तर्फाट लेखा सम्बन्धी जिम्मेवारी लिने कोषाध्यक्षले अलि बढी ध्यान दिदा सहकारीलाई सहज रुपमा सञ्चालनमा सहयोग पुग्ने भएकाले कोषाध्यक्षको भूमिका विषयक गोष्ठी आयोजना गरिएको बताउनुभयो ।

 

उहाँले सहकारीलाई संरक्षण गर्ने, प्रवद्र्धन गर्ने र विकास गर्ने काममा सदस्यहरुको महत्वपूर्ण भुमिका हुने भएकाले सदस्य शिक्षा, सचेतना, भेटघाट कार्यक्रमलाई निरन्तरता दिन आग्रह गर्नु भयो ।

 

 

कार्यक्रममा कुश्मा नगरपालिका सहकारी शाखाका प्रमुख ऋषिराम शर्मा पौडेल, जिल्ला सहकारी संघ पर्वतका उपाध्यक्ष लाल बहादुर अधिकारी लगायतले सहकारीलाई प्रभावकारी रुपमा सञ्चालनका लागि सञ्चालकहरुको सक्रियता, समन्वय र सदस्यसंगको सहकार्यलाई बढाउनु पर्नेमा जोड दिनुभएको थियो ।

 

 

कार्यक्रम जिल्ला सहकारी संघ पर्वतका अध्यक्ष शेषराज रेग्मीको अध्यक्षता, सचिव ऋषिराम भुषालको स्वागत र राष्ट्रिय सहकारी बैंक बागलुङ शाखाका प्रमुख युवराज त्रिपाठीको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...