पाेखरा २६ नरेशपुरमा ४५ कराेडमा स्वर्णिम पार्क

पाेखरा, जेठ १ गते ।पाेखरा महानगरपालिका वडा नम्बर २६  नरेशपुरमा निर्माणाधिन ओम शान्ति स्वर्णिम पार्कमा शिवध्वजारोहण , ब्रह्मा भोजन तथा स्नेह मिलन कार्यक्रम साेमबार सम्पन्न भएकाे छ।

ब्रह्माकुमारी ईश्वोरीय विश्वविधालय (ओम शान्ती) द्वारा सरंक्षित संस्था पोखरा आध्यात्मिक सेवा केन्द्र रामघाट १० ले वडा न २६ मा ४५ कराेडमा पार्क निर्माण गर्न लागेकाे हाे ।

कार्यक्रममा बाेल्दै पाेखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले पार्कले पाेखरालाई चिनाउने र पर्यटकीय गन्तव्य बन्ने विश्वास ब्यत्त गरिन । उनले पाेखरा महानगरकाे गाैरबकाे विषय भएकाे बताउदै महानगरले पार्क निर्माण सहयाेग गर्ने प्रतिबद्वता ब्यत्त गरिन ।

उनले पाेखरा प्राकृतिक, साँस्कृतिक रुपमा धनी रहेकाे बताउदै पर्यटकीय शहर घाेषणाका लागि संघ सरकारलाई लेखेर पठाएकाे बताउदै याे पार्कले त्यसलाई भुमिका खेल्ने बताइन ।उपप्रमुख गुरुङले पार्क निर्माणपछि  पर्यटकीय स्थल बन्ने अपेक्षा ब्यत्त गरिन ।

 

 

बह्माकुमारी प्रणिता दिदिले पार्क सबैले आफ्नोपन महशुस गर्नुपर्ने बताउदै यसलाई नेपालकै उत्कृष्ट पर्यटकीय गन्तव्यका रुपमा विकास गरेर सबैलाई तनाव व्यवस्थापन  गर्ने स्थल बनाउने याेजना अनुसार अगाडि बढेकाे बताइन ।

 

 

इन्जिनियर बाबुराम भण्डारीले पार्ककाे डिपिआर अनुसार काम अगाडि बढेकाे बताए ।उनका अनुसार पार्क निर्माणका लागि ४५ कराेडकाे रहेकाे र अहिलेसम्म २ कराेड बढि खर्च भएकाे बताए ।उनले दस वर्षमा पार्क निर्माण पूरा गर्ने लक्ष्य रहेकाे बताए ।७० राेपनिमा फैलिएको सामुदायिक वनमा ३५ वटा भाैतिक संरचना निर्माण हुने छ ।

 

 

पार्कमा पैदलमार्ग, ५ सय लालिगुरासका बिरुवा, १६ सय अन्य बाेटबिरुवा राेप्ने र अन्य भाैतिक पुर्वाधार निर्माण गरिने बताइएको छ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...