पाेखराका पाँच पेट्रोलपम्पमा महानगरकाे अनुगमन 

पाेखरा, जेठ २ गते ।पाेखरा महानगरपालिकाले   पेट्रोलपम्पमा अनुगमन गरेकाे छ।

पाेखरा महानगरपालिका  उपप्रमुख मञ्जुदेवी गुरुङकाे नेतृत्वमा हेमजा, मालेपाटन, जरेबर र विराैटामा सञ्चालित पाँच वटा पेट्रोलपम्पमा अनुगमन गरिएकाे हाे । अनुगमनमा पेट्रोलपम्पहरु   परिणाम र गुणस्तरमा भने ठिकठाक भेटिए ।

पोखरा महानगरपालिकाले मंगलबार गरेको पेट्रोलपम्पको अनुगमनमा परिणाम र गुणस्तरमा कैफियत फेला नपरेकाे अनुगमन संयाेजक मञ्जुदेवी गुरुङले जानकारी दिनुभयाे ।

महानगरमा सञ्चालित ५ पेट्रोलपम्पमा अनुगमन गरिएको थियो । हेमजाको जयबुद्ध आयल स्टोर्स, सिमापानीको पराजुल आय स्टोर्स, मालेपाटनमा सशस्त्र प्रहरी बलले सञ्चालन गरेको कालिका फ्युल स्टेसन, मासबारको बराल आयल डिष्ट्रिब्युटर्स र विरौटाको अन्नपूर्ण आयल डिष्ट्रिब्युटर्समा अनुगमन गरिएको हो ।

 

पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङ नेतृत्वको अनुगमन टोलिमा जिल्ला प्रशासन कार्यालय, नेपाल गुणस्तर तथा नापतौल विभाग र नेपाल आयल निगमका समेत सहभागि थिए ।

 

 

डिजेल र पेट्रोलको परिणाम, गुणस्तर, व्यवसाय दर्तासँगै नविकरण भए नभएको अनुगमन गरेको पोखरा महानगरपालिका अनुगमन समिति सदस्य भरतराज पौडेलले बताउनुभयाे । ‘परिणाम र गुणस्तरमा कैफियत फेला परेन’, पौडेलले भन्नुभयाे ।

 

 

उनका अनुसार केही पम्प महानगरमा बिना दर्ता सञ्चालन भएको पाइएको छ । महानगरमा दर्ता गर्न निर्देशन दिएको उहाले बताउनुभयाे ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...