पाेखरा, जेठ ३ गते ।नेकपा एमाले उपमहासचिव प्रदिप ज्ञवालीले मदनले निर्माण गरेकाे बाटाेलाई राजमार्ग बनाएर अगाडि बढने प्रतिबद्वता ब्यत्त गर्नुभएको छ । ३० आै मदन आश्रित स्मृति दिवसकाे अवसरमा एमाले कास्कीले आज आयाेजना गरेकाे कार्यक्रममा बाेल्दै माक्र्सवादलाई सृजनात्मक प्रयाेग गर्नुपर्छ भन्नुभयो ।
२०४९ सालमा पार्टी भुमिगत राख्नुपर्छ भन्ने भ्रम मदनले चिर्नुभयाे उहाले भन्नुभयाे, कम्युनिस्ट पार्टी जनताकाे वीचबाट अनुमाेदित हुनुपर्छ भन्ने मान्यताले जनताकाे बहुदलीय जनबादकाे प्रतिपादन गर्नुभयाे ।मदनले प्रतिपादन गरेकाे जबज माैलिक सिद्धान्तका रुपमा स्थापित भएकाे बताउनुभयाे ।
एमाले संगठन विभाग प्रमुख खगराज अधिकारीले मार्गबाट विचलित नहुने बताउदै अहिलेकाे नेतृत्व मदन आश्रतिकाे नीतिबाट अगाडि बढेकाे छ ।
एमाले केन्द्रीय सदस्य कृष्ण थापाले मदन आश्रतिकाे सपनालाई पूरा गर्न एकताबद्ध हुनुपर्नेमा जाेड दिनुभयाे । गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, एमाले कास्की अध्यक्ष मनबहादुर गुरुङ लगायते बाेलेका थिए ।