अरण्यज्योति कपः आयोजक र बागलुङ क्रिकेट क्लब सेमिफाइनलमा

पोखरा,  जेठ गते ।अरण्यज्योति क्रिकेट क्लबको आयोजनामा पोखरामा जारी लुम्बिनी विकास बैंक अरण्यज्योति कप–२०८० मा आयोजक र बागलुङ क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेका छन् ।

पोखरा रंगशालाको क्रिकेट मैदानमा ३ दिनदेखि जारी प्रतियोगितामा आयोजकले तीनवटै खेल जितेर समूह विजेता हुँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो । उसले बुधबार माछापुच्छे« क्रिकेट क्लबलाई ६ विकेटले हराउँदै अविजित यात्रा कायम राखेको हो । उद्घाटनमा काठमाडौंको किङ्स क्रिकेट क्लबलाई ५७ रनले पाखा लगाएकोमा दोस्रो खेलमा बागलुङ क्रिकेट क्लबलाई पराजित गरेको थियो ।

 

 

यस्तै, ३ खेलमा २ खेल जितेर समूह उपविजेता हुँदै बागलुङ क्रिकेट क्लबले आफूलाई सेमिफाइनलमा सुरक्षित पारेको छ । बुधबार किङ्सलाई ४६ रनले पराजित गरेको उसले दोस्रो दिन माछापुच्छे«को चुनौती
खेलाडीले औषत रन जोड्न सफल भए । युनिषपछि विश्व कार्कीले १४ बलमा १४ नै रन जोडे । पूजन शर्मा र रविन कार्कीले समान ११ रन बनाउन सके ।

 

 

आगामी जेठ ८ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले ८० हजार, उपविजेताले ४० हजार साथमा ट्रफी प्राप्त गर्ने छन् । उत्कृष्ट खेलाडीलाई ५ हजार, उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्सम्यानलाई जनही २५ सय नगदसहित ट्रफी प्रदान गरिने छ । हरेक खेलका प्लेयर अफ म्याचले ५ सय प्राप्त गर्ने छन् । लिगकम नकआउट आधारमा खेलाइने प्रतियोगिता टि–२० आधारमा हुनेछ ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...