पोखरा महानगरद्धारा रासायनिक मल विक्री केन्द्रमा अनुगमन  

पोखरा, जेठ ४ गते । पोखरा महानगरपालिकाले रासायनिक मल विक्री केन्द्रहरुमा अनुगमन गरेको छ । अनुगमनका क्रममा सहकारीहरुले रासायनिक मल विक्री वितरणको अनुमति लिएर ब्यक्तिलाई दिएको देखिएको छ ।

पोखरा महानगरपालिकाको अनुगमन समितिले पोखराका पाँच वटा मल विक्री केन्द्रमा अनुगमन गर्दा अधिकांश सहकारीले बिक्री वितरणका लागि अनुमति लिएर ब्यक्तिलाई दिएको भेटिएको हो ।

महानगरपालिका बजार अनुगमन एवं उपभोक्ता हित संरक्षण समितिको आयोजनामा अनुदानमा रासायनिक मल विक्री वितरण गर्ने सहकारीहरुको डिपोमा अनुगमन गर्दा मुल्यसुचि नराखेको र बिलबिजक जारी नगरेको समेत देखिएको छ ।

बजारमा रासायनिक मलको अभाव देखिएको र बढि मुल्य दिएको तथा म्याद गुज्रेका विउविजन विक्री भएको भन्ने गुनासोका आधारमा अनुगमन गरिएको महानगर अनुगमन समितिका सदस्यसचिव भरतराज पौडेलले बताउनुभयो ।

 


पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङको नेतृत्वमा गरिएको अनुगमनमा कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल, जिल्ला प्रशासन कार्यालयका शिवप्रसाद गौतम, महानगर अनुगमन समितिका सदस्यसचिव भरतराज पौडेल, कृषि महाशाखाका कृषि विज्ञ शिवसिंह धामी र पत्रकारहरुको सहभागीतामा अनुगमन गरिएको हो ।

 

 

सहकारी मार्फत सञ्चालित मल विक्री केन्द्रमा गरिएको अनुगमन गर्दा मुल्यसुची नराखेको र विल मार्फत कारोबार नगरेको देखिएको उपप्रमुख मञ्जुदेवी गुरुङले जानकारी दिनुभयो ।

 

मुल्यसुचि र बिलमा कारोबार गर्न सचेत गराइएको बताउदै उहाँले, सहकारीहरुले मल विक्रीका लागि अनुमति लिएर ब्यक्तिहरुलाई कारोबार गरेको देखियो । अव सम्वन्धि निकायलाई बोलाएर छलफल गरेर निर्णय गछौँ ।’

 

 

लेखनामा रहेको श्री सिलिङ्गे कृषि उत्पादक सहकारी संस्था लिमिटेड,मार्गदर्शन कृषि सहकारी संस्था लिमिटेड, जनप्रिय सहकारी संस्था लिमिटेड,सेभेन लेक कृषि सहकारी संस्था लिमिटेड, जनप्रिय कृषि सामाग्री भण्डार, शिशुवा कृषि भण्डारमा अनुगमन गरिएको हो ।

 

 

जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधि शिवप्रसाद गौतमले सहकारीहरुले अनुमति लिएर पनि अर्को पक्षमा गएको नभएको बारे एकिन नभएको बताउनुभयो । सहकारीले विक्री डिपोमा विल भरपाई नदेखिएको बताउदै सम्पूर्ण कागजपत्र लिएर जेठ ७ गतेभित्र महानगरमा उपस्थित हुन निर्देशन दिइएको बताउनुभयो ।

 

बजार अनुगमनका सदस्यसचिव भरतराज पौडेलले कति मल आएको हो, कति विक्री भयो र कति बाँकी छ भन्ने बारे एकिन विवरण नआएको बताउनुभयो । बजार भाउ अनुसार जस्तो देखिएपनि विल नदेखिएको कारण आधिकारीक देखिएन उहाँले भन्नुभयोे, ‘किसानले फाइदाको लागि भन्दा पनि सेवाको लागि राखिएको भन्ने गुनासो विक्र्रेताको रहेको छ ।किसानको गुनासो आएका कारण अनुगमन हो ।

 

 

आएको मल ब्यवस्थित रुपमा किसानलाई उपलब्ध गराउने उद्देश्य महानगरको रहेको छ ।’ पोखरा महानगर अनुगमन समितिले मंगलबार पेट्रोल पम्पमा अनुगमन गरेको थियो ।

सम्बन्धित खवर
टिप्पणिहरु
लोड हुदै...